प्रतिनिधि सभा : प्रतिपक्षको अवरोधबीच पनि नियमित कार्यसूची अघि बढ्यो

संवाददाता
२०८२ असार १, आईतवार १८:१५

काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध र अवरोधका बीच आइतबार प्रतिनिधि सभाको बैठकले ३ घण्टा १७ मिनेटसम्म नियमित कार्यसूची अघि बढाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठक अवधिभर नाराबाजी गर्दै वेल घेरेका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले बैठक बहिष्कार गरेका थिए।

यसैबीच, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल सुरु गराएका छन्। प्रतिपक्षको अवरोधलाई पन्छाउँदै सरकारले निर्धारित प्रक्रिया अनुसार बजेट छलफल अघि बढाएको हो।

यस्तै, आइतबारकै बैठकमा संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत गरिएको छ।

अवरोध र विरोधका स्वर चर्किएपनि संसदले आफ्नो नियमित कामकाज अघि बढाएको सन्देश दिँदै सोमबार बिहान ११ बजे पुनः बैठक बस्ने कार्यक्रम तय गरिएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*