‘ह्वाट्सएप अन, मोबाइल अफ’: डिजिटल संकेतका आधारमा डा.केशव श्रेष्ठको खोजी तीव्र

संवाददाता
२०८२ असार २, सोमबार १४:००

काठमाडौं । फेसबुकमा भावुक स्टाटस लेखेपछि सम्पर्कविहीन बनेका बागमती प्रदेश सरकारका चिकित्सक डा. केशव श्रेष्ठको खोजी प्रहरी प्रशासनले प्रविधिको सहायतामा तीव्र बनाएको छ।

मोबाइल बन्द भएको अवस्थामा पनि डा। श्रेष्ठको ह्वाट्सएप सक्रिय देखिएको पुष्टि भएपछि प्रहरी डिजिटल संकेतहरूका आधारमा खोजीमा जुटेको हो। स्रोतका अनुसार हालसम्म उनको मोबाइल लोकेसन चाबहिलस्थित गोपिकृष्ण हल क्षेत्रमै देखिएको छ।

गोप्य रूपमा सञ्चालित यो खोजीमा प्रहरी टोलीले श्रेष्ठको सम्भावित बसोबास क्षेत्र, विशेषतः गोपिकृष्ण हल पछाडिको ससुराली घरलाई विशेष निगरानीमा राखेको छ। सुरक्षाकर्मीहरूले सो स्थानमा लगातार निगरानी बढाउँदै अनुसन्धान अघि बढाइरहेका छन्।

फेसबुक स्टाटसमा मानसिक थकान झल्काउने अभिव्यक्ति लेखेपछि श्रेष्ठ सम्पर्कविहीन बनेका थिए। अब धेरै भयो, थकित छु, भन्ने खालको भावनात्मक स्टाटस लेखेर श्रेष्ठ सम्पर्कविहीन बनेका थिए ।

प्रहरी स्रोतका अनुसार डिजिटल ट्रेसिङ र आसपासका सिसीटिभी फुटेजहरू समेत अध्ययन भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*