समाचार
चितवनमा इभी माइक्रोबस र यात्रुवाहक बस ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवामा इभी माइक्रोबस र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ,भने १८ जना घाइते भएका छन्। दुर्घटना शनिबार बिहान भएको हो। धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ज...
प्रदेश प्रमुखद्वारा योग दिवसको अवसरमा शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्दै स्वस्थ जीवनका लागि योगलाई जीवनशैलीमा आत्मसात गर्न आग्रह गर्नुभएको छ। योगको माध्यमबाट स्वस्थ जीवनशैली अपनाउन प्रेरणा मिलोस्...
बीपी राजमार्ग १५ दिनका लागि राति बन्द
काठमाडौं । बर्खायाममा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग आगामी १५ दिनका लागि रातिको समयमा बन्द गरिने भएको छ। शुक्रबारदेखि राजमार्ग साँझ ६:३० बजे देखि बिहान ५:०० बजेसम्म सबै सवारी साधनको आवागमन रोकिनेछ। काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले उक्त निर्णय...
नेकोसद्वारा हेटौंडामा राष्ट्रिय महिला भलिबल र स्केटबोर्ड प्रतियोगिता आयोजना हुदैं
हेटौंडा । नेपाल स्पोर्ट सेन्टर (नेकोस)ले हेटौंडामा दुई वटा राष्ट्रिय खेलहरु आयोजना गर्ने भएको छ। असार ७ गतेदेखि ११ गतेसम्म नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता र नेकोस कप राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता आयोजना हुन लागेको हो। महिला भलिबल प्रतियोगिता असार ७ गते शनिवार दिउँसो ३ बजे हुप्राचौरस्थित भलिबल ट्रेनिङ्ग...
दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्री ओलीद्धारा खुसी व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यकालका दौरान सुरु गरिएको पेट्रोलियम अन्वेषण अभियानको ठोस परिणाम दैलेखमा देखिएकोमा खुसी व्यक्त गर्नुभएको छ । हालै दैलेखमा ११२ अर्ब घनमिटर ग्यासको भण्डारण फेला परेको खबर सार्वजनिक भएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु हुदैं दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका...
आज कोशी, बागमती र गण्डकी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
काठमाडौ । अहिले देशको पश्चिमी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ । सूदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएरातिदेखि देशको पूर्वी क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा धेरै पानी परिरहेको छ । पूर्वी नेपालमा वर्षा घटेको र...
थाहा नगरपालिका–१ मा खुकुरी प्रहार गरी महिलाको हत्या, अभियुक्त खुकुरीसहित पक्राउ
हेटौंडा । मकवानपुरकाे थाहा नगरपालिका–१ कुन्छालमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ। घटनामा छिमेकी तथा देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले ५० वर्षीया तुलमाया गोपालीलाई खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएको छ । आज दिउँसो करिब २ः२० बजे भएको घटनामा खुकुरी प्रहारबाट तुलमायाको टाउको...
हाइकिङ र धार्मिक पर्यटनको नयाँ गन्तव्य बन्दै मकवानपुरको लटारम्मेश्वर
हेटौंडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८ मा अवस्थित लटारम्मेश्वर महादेव मन्दिर पछिल्लो समय हाइकिङ र धार्मिक पर्यटनमा रुचि राख्ने पर्यटकहरूका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। काठमाडौँ उपत्यकाको कोलाहल र प्रदूषणबाट टाढा शान्त, हरियाली वातावरणमा अवस्थित यो स्थलले प्रकृति र आस्थाको संगम अनुभूत गराउने विशेषता बोकेको छ। सामाजिक सञ्जालमार्फत...
हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक आक्रमण
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै अज्ञात समूहद्वारा भएको सांघातिक आक्रमणप्रति उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। आज दिउँसो ३स्४० बजे कार्यालयको नियमित काममा रहेका न्यौपानेमाथि उनी बसेकै कोठामा पसी कुटपिट गर्दै लुटपाटसमेत गरिएको जनाइएको छ। घटनामा दुई थान मोबाइलसमेत...
मकवानपुरको गौरीटारमा जुवा खेलिरहेका ५ जना पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ स्थित गौरीटार रंगशाला नजिकैको एक गाईगोठमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले दिउँसो १:४५ बजे दामोदर चौलागाईको गाईगोठमा छापा मारेको थियो। सो क्रममा खाटमाथि खाल राखी नगद पैसाको हारजित हुने गरी जुवा...










