समाचार
मोटरसाइकल दूर्घटना परि प्रधानाध्यापककाे निधन
हेटौंडा । हेटौंडामा गएराति मोटरसाइकल दूर्घटना हुँदा राक्सिराङ ९ खैराङ अठारेस्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्र झाको निधन भएको छ । गएराति करिब ११ः२० बजे हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा धनुषा जनकपुर–४ घर भई हाल हेटौंडा–११ मा बसोबास गर्दै आएका ४५ वर्षीय दिपेन्द्र झाको मृत्यु भएको...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी सेवासुविधा फिर्ता
काठमाडौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिएकी छन् । उनले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी हुन् । ‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उनी निकट स्रोतले भन्यो । भण्डारीले गत १४ असारमा...
ऊर्जाका साथ राष्ट्र सेवामा लाग्न सशस्त्र प्रहरी परिवार महिला संघलाई मन्त्री तामाङको निर्देशन
हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले सशस्त्र प्रहरी परिवार महिला संघलाई ऊर्जाका साथ राष्ट्र सेवामा लाग्न निर्देशन दिएकी छन् । मंगलवार हेटौंडा उपमहानगरपालिका–८ स्थित १४ नम्बर गण हेडक्वाटर, मकवानपुरमा आयोजित सशस्त्र प्रहरी परिवार महिला संघको २४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले...
बजेटप्रति असहमति चुलिंदै जाँदा बागमती प्रदेशसभा बैठक पुनः स्थगित
हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल सुरु हुनुपर्ने प्रदेशसभा बैठक आज पुनः स्थगित भएको छ। दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक ४ बजेको लागि सारिएको थियो । ४ बजे पनि बैठक बस्न नसकेपछि विशेष कारण देखाउँदै १९ गते बिहान...
आज असार १५ गते दही चिउरा खाएर धान दिवस मनाइँदै
काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा...
ई–चलान प्रणाली प्रभावहीन, ६ महिनामा मकवानपुरमा मात्रै २३ लाखभन्दा बढी राजस्व उठ्न बाँकी
हेटौंडा । सरकारले ट्राफिक नियम उल्लंघन गरे बापत सवारी चालकलाई सहजता प्रदान गन सुरु गरेको ई–चलान प्रणाली अपेक्षित रूपमा प्रभावकारी बन्न सकेको छैन । चालु आर्थिक वर्ष २०८१/८२ को पुसदेखि जेठ महिनासम्मको ६ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले २९ लाख १० हजार ५ सय ४५ रुपैयाँ बराबरको ई–चलान...
साउनको २९ गतेदेखि एसईईको मौका परीक्षा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नन ग्रेड भएका विद्यार्थीहरूले साउनको २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् । परीक्षा बोर्डले यस वर्षकोएसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेडड विद्यार्थीहरूले २९ साउनदेखि मौका परीक्षा दिन पाउने जनाएको हो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् ।
एसईईको नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका...
यूएईमा नेपाली श्रमिकको लागि न्यूनतम तलब मापदण्ड लागू
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) मा रोजगारीका लागि जाने नेपाली श्रमिकले न्यूनतम पारिश्रमिकको ग्यारेन्टी पाउने भएका छन्। आवुधाबीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको नयाँ तलब मापदण्ड अनुसार दूतावासले तय गरिएको स्केलभन्दा कम तलबमा मागपत्र प्रमाणिकरण नगर्ने भएको छ। दूतावासका अनुसार अदक्ष श्रमिकले मासिक न्यूनतम तलब एक हजार दिराम र...
प्रवासी नेपालीको सुरक्षामा प्रविधि : दुई नयाँ मोबाइल एप सार्वजनिक
काठमाण्डौ । विदेशमा कार्यरत लाखौं नेपालीको सुरक्षाको लागी सरकार र अन्तर्राष्ट्रिय साझेदारले प्रविधिको सहारा लिन थालेका छन्।सरकारले दुई नयाँ मोबाइल एप— ‘श्रम संसार एप’ र ‘हामी मोबाइल एप’ सार्वजनिक गरिएको छ । परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको ‘श्रम संसार एप’ विदेशमा रहेका नेपालीहरूको व्यक्तिगत विवरण, स्थान र अवस्थासम्बन्धी जानकारी सङ्कलन...










