समाचार

रसुवा बाढीमा १८ जना बेपत्ता

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तरगत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत् प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा पनि रहेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९...

रसुवागढी सुक्खा बन्दरगाहमा बाढीले सयभन्दा बढी मालवाहक सवारी बगाएको आशंका

काठमाडौं । रसुवागढी भन्सार नजिकको निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा आएको आकस्मिक बाढीले प्रारम्भिक अनुमानअनुसार सयभन्दा बढी मालवस्तु बोकेका गाडी बगेको आशंका गरिएको छ। नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, बाढीले सवारी साधनमात्र हैन, आयात हुँदै गरेको अर्बौं रुपैयाँ बराबरको सामग्री पनि नष्ट हुन सक्ने...

नेपाल चिकित्सक संघ मकवानपुरद्वारा स्वास्थ्य सेवा बहिस्कार जारी 

हेटौंडा । चिकित्सक संघ मकवानपुर शाखाले स्वास्थ्य क्षेत्रमा देखिएको बेवास्ता र चिकित्सकमाथिको दुर्व्यवहारको विरुद्ध जारी आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। संघको केन्द्रीय समितिको निर्देशनअनुसार सोमबारको एकदिने सेवा बहिस्कारपछि मंगलबार पनि मकवानपुर जिल्लाभरका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक तथा सघन उपचारबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ।...

बागमतीकाे बजेट सदनबाट बहुमतले पारित

हेटौंडा ।  बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेट  प्रदेश सभाबाट बहुमतले पारित भएको छ। असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको ६७ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट सोमबार प्रदेशसभाबाट पारित भएको हो। अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको...

कृषि ‘राहत’मा सीमित भएको सांसद बास्कोटाको कटाक्ष ,मल पनि भूकम्प राहतझैँ बाँडिन्छ

काठमाडौं । संसदमा बोल्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारको कृषि नीतिमा गम्भीर प्रश्न उठाएका छन्। असार महिनासँगै मल अभावको पुरानै समस्या फेरि दोहोरिएपछि उनले किसानलाई ‘भूकम्प राहतझैँ’ मल वितरण गरेर कृषि उत्पादन वृद्धि सम्भव नरहेको टिप्पणी गरेका हुन्। बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोलेका थिए। उनले भने, “कृषि मन्त्री...

चिकित्सकहरु देशव्यापी आन्दोलनमा , सेवाग्राही मर्कामा

हेटौंडा । पछिल्ला केही महिनामा उपभोक्ता अदालतले स्वास्थ्य सेवामा लापरवाहीका घटनामा करोडौं क्षतिपूर्तिको आदेश दिएपछि चिकित्सकहरु देशव्यापी आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आव्हानमा आज सोमबार मुलुकभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा अवरुद्ध भएको छ । गत जेठ २९ गतेदेखि असार ५ गतेसम्मका फैसलामा उपभोक्ता अदालतले तीन वटा फरक–फरक...

आज प्रतिनिधिसभामा स्पेन भ्रमणबारे जानकारी दिदैं प्रधानमन्त्री ओली

काठमाडौं । आज प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए ।...

भिमफेदीको टौवासमा खोला तर्ने क्रममा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ टौवासमा खोलामा नुहाई खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ । बिरगन्ज महानगरपालिका ५ बस्ने अन्दाजी ४५/५० बर्षको पुरुषोत्तम शर्मालाई खोलाले बगाई मृत्यु भएको प्रहरीले जनाएको छ । बिरगन्जबाट भिमफेदीको टौवासमा ४/५ जना मानिसहरु बनभोज खाई रमाईलो गरी रहेका थिए...

मकवानपुरको कुलेखानी सडकखण्डमा सवारी दुर्घटना, ५ जना घाइते, ३ को अवस्था गम्भीर

हेटौंडा । मकवानपुरकाे ईन्द्रसरोवर गाउँपालिका–२ रातमाटे स्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आज दिउँसो भएको एक सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्, भने तीन जनाको अवस्था गम्भीर भएका छन् । दिउँसो १:०० बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ गइरहेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर...

आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । आज कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । यसैगरी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपातको पनि सम्भावना छ । यो प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको हो । मधेश...