समाचार

पूर्वराष्ट्रपति भण्डारीसँग सबै कुरा खुला रूपमा राखिएको : प्रचार विभाग प्रमुख गौतम

काठमाडौं । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको भनाइलाई उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीसँग सबैकुरा खुला रुपमा राखेको र सरकारले गरेका काम, एमालेमाथि भइरहेका प्रहार, विधान अधिवेशनको बारेमा आफूले कुरा गरेको बताउनु भएको छ । । सोमवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी केन्द्रिय कमिटीको बैठकमा नेकपा एमालेका अध्यक्ष एवं...

साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण गछौँ : मन्त्री महर्जन

हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर सवारी चालकहरूलाई वितरण सुरु गरिने बताउनु भएको छ । आइतबार बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय परिसरमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री महर्जनले हालै सुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सकारात्मक...

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक काममा मन्त्रालयले हस्तक्षेप गर्दैनः मन्त्री पन्त

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक गतिविधिहरुमा मन्त्रालयले हस्तक्षेप नगर्ने बताउनुभएको छ । सिंहदरबारमा आईतवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । समितिमा आज  राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको दफावार छलफल भएको थियो । जसक्रममा...

प्रशासन बिरुद्ध हेटौंडाका जनप्रतिनिधिहरू प्रशासन परिसरमै धर्नामा

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरू एक महिनाअघि भएको सांघातिक आक्रमणको दोषी अहिलेसम्म पक्राउ नपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको परिसरमै धर्नामा बसेका छन् । गत असार ४ गते दिउँसो करिब ४ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यालयमै आक्रमण भएको थियो । घटनापछि...

‘अबको बर्खामा नागढुंगा–मुग्लिङ सडकखण्डमा यात्रुले सास्ती खेप्नुपर्ने छैन’

काठमाडौं । एक वर्षअघि नागढुंगा—मुग्लिङ सडकखण्ड अन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्यो । जसकारण ठूलो मानवीय क्षति भयो । ३५ जनाले अकालमै ज्यान गुमाए । देशलाई नै शोकमा बदल्ने त्यो घटनापछि नागढुंगा–मुग्लिन सडक खण्डमा अहिले पहिरो रोकथामदेखि सडकनिर्माणको काम तिब्र गतिमा भइरहेको छ । नागढुंगा–नैबिसेको पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी...

वनकरियालाई स्थानान्तरण गर्ने तयारीमा सरकार, पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा नछोड्ने वनकरियाको अडान

हेटौंडा । करिव तीन दशकअघिसम्म जङ्गलमै फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदाय अहिले मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित मुसेधाप खोलाको किनारमा बसोवास गर्दै आएको छ । नेपाल सरकारले २०६२ साल चैत २८ गते उनीहरूलाई कबुलियती वनको ९ हेक्टर जमिन २० वर्षका लागि उपयोग गर्न दिने कागजात प्रदान गरेको थियो । म्याद...

वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गर्नुभएको छ । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर...

आर्थिक वर्ष सकिँदा संघीय सञ्चिति कोष दुई खर्ब घाटामा

काठमाडौं । आर्थिक वर्ष सकिँदा संघीय सञ्चिति कोष दुई खर्ब घाटामा पुगेको छ । अर्थ मन्त्रालयका अनुसार गत साउन ३२ गतेसम्म संघीय सञ्चिति कोष दुई खर्ब चार अर्ब रुपैयाँ घाटामा रहेको छ । ०८१ साउनमा दुई खर्ब २४ अर्ब ९९ करोड रुपैयाँ घाटामा रहेको कोष गत आर्थिक वर्षको अन्त्यसम्म...

बंगलादेशमा फेरि हिंसा भड्कियो : ४ जनाको ज्यान गयो , ९ जना घाइते

काठमाडौं । बंगलादेशको गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग भिडेका थिए। अवामी लीगका...

साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदै

काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै...