समाचार
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई वैदेशिक पलायनबाट रोक्ने र फर्किएका युवाको पुँजी तथा सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले २०८२...
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय संकल्पप्रति सरकार दृढ र प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले तीनै तहका सरकारका पदाधिकारीहरू कानूनको दायराभन्दा बाहिर नरहेको उल्लेख...
सरकारले भ्रष्टाचार गर्न टेण्डर पाए जस्तो व्यवहार गरिरहेको छः अध्यक्ष लिङदेन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस–एमालेको संयुक्त सरकारले भ्रष्टाचार गर्न टेण्डर पाएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गर्नुभएको हो । अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिष्पर्धा भइरहेको उहाँको भनाइ छ...
मधेसमा पानी नभए घर छोड्दा समेत सरकार जिम्मेवार भएनः सांसद कंशाकार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले मधेसमा खानेपानीको अभावका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुँदा पनि सरकार गैरजिम्मेवार भएको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद कंशाकारले पानीको हाहाकार भएको बारा, पर्सा र महोत्तरी जानुपर्ने मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आपत्ति जनाउनुभएको हो...
पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले पार्टी सदस्यताबाट हटायो
काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक लगाएको छ । पार्टीले संविधानका विभिन्न धाराहरू उद्धृत गर्दै राष्ट्राध्यक्ष पदबाट सेवा निवृत्त भइसकेपछि पनि पूर्वराष्ट्रपतिले कुनै राजनीतिक दलमा संलग्न हुनु उपयुक्त नहुने ठहर गरेको छ। उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, र स्थायी कमिटी सदस्य कर्ण थापाले...
जलवायु परिवर्तनको परिणाम डरलाग्दो छः कृषिमन्त्री अधिकारी
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जलवायु परिवर्तनको परिणाम डरलाग्दो रहेको बताउनुभएको छ । नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषि र खानेपानी सम्बन्धी विषयमा सरकारले पटक पटक बैठक बसेर छलफल गरिरहेको र एउटा निष्कर्ष निकाल्ने चरणमा रहेको बताउनु भयो ।...
स्वर समर्पणकाे तयारी तिब्र ,२७ सदस्सिय स्वयम्सेवक ब्यवस्थापन
हेटौंडा । नेकपा एमाले, मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको ब्यवस्थापनमा साउन ७ गते आयोजित जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को लागि पार्टि जिल्ला स्वयम्सेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्सिय स्वयम्सेवक ब्यवस्थापन तथा परिचालन उपसमिति निर्माण गरिएको छ । जनसंगठन समन्वय संयन्त्र र...
सिस्नेरी सडक खण्डमा ह्विल लोडर दुर्घटना, एक जना घाइते
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित सिस्नेरी–काठमाडौं सडक खण्डमा सोमबार बिहान एक ह्विल लोडर दुर्घटनामा परेको छ। खानीखेतबाट फास्ट ट्रयाकतर्फ जाँदै गरेको बा।प्र।०३–००४ क ४४६३ नम्बरको ह्विल लोडरको ब्रेक फेल भई सडकको वायाँ भित्तामा ठोक्किन गई करिब ८० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उक्त दुर्घटनामा...
कप्तान साम्बा हेटौंडा आउदै
हेटौंडा । यहि साउन १७ गते नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) हेटौंडा आउने भएको छ । सञ्चारिका समुह मकवानपुरले आयोजना गर्न लागेको देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने कार्यक्रममा सहभागी हुनको लागि साम्बा हेटौंडा आउन लागेको हो । साम्बालाई हेटौंडेली खेलप्रेमीहरुमा पनि उत्साह छाएको छ ।...
काँग्रेसको प्रजातान्त्रिक समाजवादको शिक्षा व्यापक बनाउनुपर्छः देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समाजवादी पार्टी भएको दाबी गर्दै प्रतिष्पर्धी पार्टीमध्ये काँग्रेसको आदर्श र सिद्धान्त सबैभन्दा राम्रो भएको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो...









