वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्रधानमन्त्री

संवाददाता
२०८२ श्रावण ८, बुधबार १५:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई वैदेशिक पलायनबाट रोक्ने र फर्किएका युवाको पुँजी तथा सिपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले २०८२ देखि २०९२ सम्मलाई ‘आन्तरिक रोजगार प्रवद्र्धन दशक’ घोषणा गरेको उल्लेख गर्नुभयो । उहाँले उद्योग, पर्यटन लगायतका विकासका प्रमुख क्षेत्रहरूमा निजी तथा सरकारी लगानी बढिरहेको उल्लेख गर्दै ती क्षेत्रहरूमा उल्लेखनीय रोजगारीको सम्भावना रहेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रममा पुनः संरचना गर्ने र यसलाई अझ सिपमूलक र परिणाममुखी बनाउने योजना रहेको पनि बताउनु भयो ।

अगामी दशकलाई रोजगारी र उत्पादनशीलता वृद्धि गर्ने युगको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*