समाचार
सिरहाको मेयर रामपुकार साह एकलाख घुससहित रंगेहात पक्राउ
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले उनलाई नगरपालिका कार्यालयबाटै घुस रकमसहित बुधबार दिउँसो नियन्त्रणमा लिएको हो । दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको...
बागमतीको १० जिल्लामा १२० सीसीटीभी क्यामेरा जडान
हेटौंडा । सार्वजनिक सुरक्षालाई प्रविधिमैत्री बनाउँदै बागमती प्रदेशले एक महत्वाकांक्षी योजना अन्तर्गत १२० वटा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरेको छ। प्रदेशका १० जिल्लाका ६४ स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । सुरक्षामा प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै बागमती प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक साझेदारीमा यो प्रणाली स्थापना...
लागुऔषध ओसारपसारमा नाबालकलाई प्रयोग गर्ने एक जना पक्राउ
हेटौंडा । लागुऔषधको कारोबारमा नाबालकलाई ओसारपसार गर्न लगाउने एक जना मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका–३ का ३० वर्षीय साजन लामा थिङ (उर्फ भेण्डम)लाई प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट आइतबार पक्राउ गरेको हो। उनलाई प्रहरीले लागुऔषध ओसारपसारमा एक नाबालकलाई प्रयोग गरेको अभियोगमा पक्राउ गरेको हो। अनुसन्धानको क्रममा उक्त...
हेटौंडामा आयुर्वेद चिकित्सालयको नयाँ भवनको उद्घाटन
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ मा निर्माण सम्पन्न भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको नयाँ भवनको उद्घाटन भएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आइतबार औपचारिक रूपमा भवन उद्घाटन गर्दै आयुर्वेदलाई ‘सपोर्टिभ हेल्थ सिस्टम’ का रूपमा मात्र नभई, भविष्यको दीगो उपचार माध्यमको रूपमा विकास गर्ने लक्ष्य राखिएको बताएका छन्...
प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्नेछन् । त्यसै गरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ पनि प्रस्तुत गर्नेछन्। त्यसै गरि आजकाे प्रतिनिधिसभा बैठकमा,‘केही...
कपिलवस्तु बस दुर्घटना : २९ जना घाइते ,तीन जनाको अवस्था गम्भीर
कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा आज बिहान करिब ४ बजे बस दुर्घटना भएको छ । काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो। बसमा सवार ३० जनामध्ये २९ जना घाइते भएका छन् , भने तीन जनाको अवस्था गम्भीर रहेको...
सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित सिम्लाङ खोलामा पौडी खेल्ने क्रममा एक युवक डुबेर बेपत्ता भएका छन्। शनिबार दिउँसो ४:३० बजेको समयमा अन्दाजी १७–१८ वर्षका कर्ण भन्ने प्रणय गुप्ता खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्। बारा जिल्ला, कलैया उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँको माइतीघरमा बस्दै आएका गुप्ता...
मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित पुलचोक बेलुवा नजिकै पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मनहरीका अनुसार मनहरीबाट हेटौंडातर्फ गइरहेको ना ३७ प ७६९० नम्बरको मोटरसाइकल र सोही दिशाबाट आइरहेको प्रदेश ३–०३–००१ प ४४३४ नम्बरको अर्को...
गुरु पूर्णिमाको अवसरमा भुटनदेवी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न
गुरु पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समिति, हंश शान्ति आश्रम हेटौंडाको आयोजनामा हेटौंडा–४ स्थित ऐतिहासिक भुटनदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम महात्मा पिताम्बरा वाइजीको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मानव धर्म सेवा समिति हंश शान्ति आश्रम मकवानपुरका अध्यक्ष अर्जुन लामा, संयोजक कृष्ण कँडेल, सह–संयोजक कल्पना...
दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं । गृह मन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपत्तिबाट क्षति पुगेपछि बैठक बोलाएको हो । रसुवामा बाढीका कारण नागरिक सम्पर्कविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा...









