दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक
काठमाडौं । गृह मन्त्रालयले आज दिउँसो १ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । वर्षा र बाढीका कारण मुलुकका विभिन्न जिल्लामा विपत्तिबाट क्षति पुगेपछि बैठक बोलाएको हो ।
रसुवामा बाढीका कारण नागरिक सम्पर्कविहीन हुनाका साथै धनमालको क्षति भएको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकले दिउँसो मन्त्रालयमा उद्धार, खोज तथा राहत पुनः स्थापना विषयमा छलफल गर्नका लागि आकस्मिक केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको हो ।
भोटेकोसी नदीमा आएको बाढीले रसुवामा ठूलो क्षति पुगेको छ ।










