प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै
काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै छ ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक–२०८२’ प्रस्तुत गर्नेछन् । त्यसै गरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक–२०८२’ पनि प्रस्तुत गर्नेछन्।
त्यसै गरि आजकाे प्रतिनिधिसभा बैठकमा,‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले प्रस्तुत गर्ने कार्यसूची छ ।










