कपिलवस्तु बस दुर्घटना : २९ जना घाइते ,तीन जनाको अवस्था गम्भीर

संवाददाता
२०८२ असार २९, आईतवार १०:३२

कपिलवस्तु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा आज बिहान करिब ४ बजे बस दुर्घटना भएको छ ।

काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो। बसमा सवार ३० जनामध्ये २९ जना घाइते भएका छन् , भने तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी, डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन्रे । बाँकी यात्रुमध्ये २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते छन्।

दुर्घटनापछि तत्काल उद्धार गरिएका यात्रुलाई नजिकैको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा पठाइएको थियो। त्यहाँबाट गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ ।

हालसम्म दुर्घटना हुनुको कारण खुल्यकाे छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*