समाचार
हेटौंडा आउदै साम्बा
हेटौंडा । यहि साउन १७ गते नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) हेटौंडा आउने भएको छ । सञ्चारिका समुह मकवानपुरले आयोजना गर्न लागेको देश चिनाउनेसँग हाम्रो चिनजान’ भन्ने कार्यक्रममा सहभागी हुनको लागि साम्बा हेटौंडा आउन लागेको हो । कार्यक्रम भोलि (शनिबार) बिहान ११ बजेबाट सुरु हुने...
बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आ.व २०८१/८२ को ६७.२९ प्रतिशत बजेट कार्यान्वयन
हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले २ अर्ब ५० करोड ६४ लाख ६६ हजार रूपैयाँ बराबरको कुल बजेटमध्ये ६७.२९ प्रतिशत कार्यान्वयन गरेको बताएको छ । यस वर्ष कृषि तथा पशुपन्छी क्षेत्रमा धेरै संरचनागत...
त्रिविको केन्द्रिय विभाग बल्खुस्थित कानून संकायको नवनिर्मित भवन उद्घाटन
काठमाडौं । त्रिभूवन विश्वविद्यालयको केन्द्रिय विभाग बल्खुस्थित नवनिर्मित कानून संकायको भवन उद्घाटन गरिएको छ । बुधवार बल्खुस्थित विभागको कानून संकायको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक अर्यालले गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै कानून संकायका डीन प्रा। डा। कृष्णप्रसाद बस्यालले भवन निर्माणमा सहयोग गर्नुहुने सबैलाई...
बैंक तथा वित्तीय संस्थासम्बन्धि बाफिया जस्ताको त्यस्तै पारित भए उद्योगधन्दा बन्द गर्नुपर्ने हुन्छः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) जस्ताको तस्तै पास भए उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आउनसक्ने बताउनुभएको छ । नेपाली काँग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उहाँले ऐनमा संशोधनको प्रश्तावअनुसार...
पाएनन् बागमतीका मुख्यमन्त्री लामाले विस्वासकाे मत , कसले कसले दिएनन् त लामालाई मत ,हेर्नुहाेस नामसहित ?
हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिं लामाले नेपाली काङ्ग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । लामाको विपक्षमा २२ मत परेको छ भने उनको पक्षमा १५ मात्रै मत परेको छ । लामाको विकल्पका रूपमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँलाई अघि सारिएको छ। २२ जना...
बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेताबाट बहादुरसिंह लामा बहिर्गमन
हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दलभित्र विश्वास गुमाएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा लामाविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुँदा उनको पक्षमा १५ मात्र मत परेको छ, भने २२ जना सांसद उनको विपक्षमा उभिएका छन्। पूर्वमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, बहुमत सांसदले...
काँग्रेसलाई एमालेले भन्योः प्रदेशलाई अस्थिर बनाउन पाइँदैन, अविश्वास प्रश्तावबारे छिटो निष्कर्षमा पुग्नुस्
वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा नेपाली काँग्रेस वागमती प्रदेश सभामा संसदीय दलका नेता हुनुहुन्छ । अहिले मुख्यमन्त्री रहनुभएका लामाविरुद्ध पार्टीकै सांसदहरुले अविश्वासको प्रश्ताव दर्ता गराएका छन् । प्रश्तावमा २१ जना...
काँग्रेस—एमालेमा वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वको संकट छः अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस र नेकपा एमालेको वैचारिक राजनीति ठूलो संकटमा रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशका ठूला राजनीतिक दलहरुमा आइडोलोजिकल एण्ड पोल्टिकल क्राइसिस रहेको जिकिर गर्नुभयो । काँग्रेसमा विश्वेश्वरप्रसाद कोईराला...
कुलिङ अफ पिरियड छेडखानीमा प्रधानमन्त्री ओलीलाई छानविनको दायरामा ल्याउन प्रचण्डको माग
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने माग गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले संघीय निजामति ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै...
मधेस प्रदेशमा संरक्षण पोखरीको महत्व (तस्बिरहरु)
काठमाडौं । लामो समयसम्म वर्षा नभएर सुख्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरुको महत्व बढेको छ । विशेष गरेर चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गर्ने गरिएका स्थानका पानीका स्रोतहरुमा स्थानीयहरुको ध्यान केन्द्रित हुन थालेको छ । मधेस प्रदेशमा चुरे क्षेत्रका...









