कुलिङ अफ पिरियड छेडखानीमा प्रधानमन्त्री ओलीलाई छानविनको दायरामा ल्याउन प्रचण्डको माग

संवाददाता
२०८२ श्रावण ११, शनिबार १३:४३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानविनको दायराभित्र ल्याउनुपर्ने माग गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले संघीय निजामति ऐनमा कुलिङ अफ पिरियडबारे भएको छेडखानी आफूलाई पहिला नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका रहेपनि आधार नरहेको तर अहिले राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुको क्रियाकलपाका कारण प्रधानमन्त्री नै संलग्न भएको आधार पुष्टि भएको जिकिर गर्नुभयो । उहाँले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताउनु भयो । एमाले पार्टीको नेतृत्वकै कारण कुलिङ अफ पिरियडमा छेडखानी भएको जिकिर गर्नुभयो ।

अध्यक्ष दाहालले अहिले जालझेल, ठगी, बेइमानी र भ्रष्टाचारको परिभाषा सरकार भएको आरोप लगाउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*