समाचार

पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेका छन्ः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेको बताउनुभएको छ । भक्तपुरमा शुक्रवार आयोजित चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू देशका विभिन्न स्थानहरुमा जाँदा अहिले धेरै ठाउँमा युवाहरु र...

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशनः निर्धारित ढंगबाट काम शुरु गर्नूस्, चल्दै जान्छ भनेर अब हुँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित ढंगले काम शुरु गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ । काम गर्दै जाऔँ, चल्ते चलाते जति हुन्छ भन्ने हिसावले काम गर्दा कतै नपुगिने उहाँको भनाइ छ । मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै प्रधानमन्त्री ओलीले युगान्तकारी कामहरु कसरी छिटो सम्पन्न गर्ने भन्ने हिसावले योजनावद्ध रुपमा अघि...

कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन

गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति बनाइएको बताउनुभएको छ । बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सहायक प्रम्ुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाइएको बताउनु भयो । छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि...

युवाहरू नै दीगो भविष्यको आधारस्तम्भ : प्रदेश प्रमुख देवकोटा

हेटौंडा । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले युवाहरूलाई राष्ट्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै उनीहरूलाई आत्मचेतना, अनुशासन र सेवामूलक दृष्टिकोणले जीवन जिउन आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र युवा प्रभागद्वारा आयोजित ‘दीगो भविष्यका लागि युवा सशक्तीकरण’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै देवकोटाले युवाशक्तिलाई राष्ट्र निर्माणको...

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बानियाँले प्रदेश सभाबाट ६३ मत प्राप्त गरेका हुन् । ११० जना रहेको प्रदेशसभा सदस्य बैठकमा ९२ जना सांसदको उपस्थिति रहेको थिए । बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत परेको छ।...

राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए पदबाट राजीनामा

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सभापति खतिवडाले राजीनामा दिनुभयो । उहाँले संघीय निजामति विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच शक्ति प्रदर्शन झेल्नुपरेको उहाँको भनाइ छ । कुलिङ अफ पिरियडको गडबडी छानविन...

कांग्रेसभित्रैको रस्साकस्सीले मुख्यमन्त्री बानियाँको विश्वासको मत अन्योलमा

हेटौंडा । बागमती प्रदेशमा सत्ता पक्षभित्रकै असहमति मुख्यमन्त्री इन्द्र बानियाँका लागि ठूलो चुनौती बनेको छ। आज दिउँसो ४ बजे मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरेका छन् । बहादुरसिंह लामा पक्षका १४ सांसद अझै हेटौंडा आईपुगेका छैनन् । लामा पक्षका सांसदहरू काठमाडौंमा छुट्टै रणनीतिक बैठक बसिरहेका...

ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान

हेटौंडा । मकवानपुरका किसानहरू पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन्। उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् पदमपोखरीका कृषक फेन्चु लामाले १ विघा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्। उनले रेड साइन र सी भेराइटी अमेरिकन...

संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसक्यो, अब जनताले बुझिसकेः महामन्त्री जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलसमशेर जबराले संघीयता र गणतन्त्र पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ । उहाँले नेपाल झनझन गिरबीको रेखामुनी गएको, भ्रष्टाचारको दलदलमा दिनप्रतिदित फस्दै गइरहेको बताउनु भयो । उहाँले जनता पूर्णरुपमा निराश भएको बताउँदै नेपालीको भाग्य र भरोसा अरुको देशमा गएर नोकर हुनु बाहेक...

बागमतीको नवनियुक्त छैठौंं मुख्यमन्त्री बानियाँ र मन्त्रीहरुले गरे पद तथा गोपनीयताको सपथ 

हेटौंडा । बागमती प्रदेशको छैठौं मुख्यमन्त्री नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मंगलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार बानियाँलाई  मुख्यमन्त्रीमा पद तथा गोपनियताको शपथ गराउनुभएको हो । देवकोटाले आजै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । बानियाँलाई काँग्रेसका...