कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति गठन

संवाददाता
२०८२ श्रावण २९, बुधबार १२:१९

गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा साउन २२ गते भएको घटनाको छानविन गर्न समिति बनाइएको बताउनुभएको छ ।

बुधवार कानून, न्याय तथा मानव अधिकार समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सहायक प्रम्ुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाइएको बताउनु भयो । छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि सो आधारमा दोषीमाथि कानूनी कारबाही गर्ने र समितिको प्रतिवेदनअनुसार अरु कार्यहरु गर्ने गरी समिति बनाइएको बताउनु भयो । समितिले आफ्नो अवधिभित्र प्रतिवेदन दिने बताउनु भयो । कैलाली कारागारमा भएको झडपमा एक कैदीबन्दीको मृत्यु भएको र ४८ जना घाइते भएको बताउनु भयो ।

अस्पतालले रिफर गरेका तीन जनालाई काठमाडौं ल्याइ दुई जनाको ट्रमा सेन्टर  र एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । बाँकी ४ जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भएर सुरक्षा जोखिम नहुने कारागारमा पठाइएको बताउनु भयो । बाँकी ४१ जना हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत रहनुभएको बताउनु भयो ।  मृतक बन्दीको शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी परिवारको जिम्मा दिइसकेको पनि बताउनु भयो । कैलाली कारागारमा पुरुष ब्लक ए र ब्लक बी गरी दुई वटामा ६ सय ४३ जना पुरुष र महिला एउटा ब्लक सीमा ४७ जना महिला गरी ७ सय जना बन्दी रहेको बताउनु भयो ।

साउन २२ गते राति दुई वटा ब्लक छुट्याउने पर्खाल तोडफोड गरी ब्लक भत्काएर कैदीबन्दीहरु ब्लक बीमा पुगेर त्यहाँका बन्दीहरुलाई कुटपिट गरेको घटना विवरणबाट खुलेको बताउनु भयो । कारागरामा बन्दीहरुको आन्तरिक द्वन्द्व भएको सूचना आएपछि द्वन्द्वरत समूहहरुको नेतृत्वकर्ताहरु १७ जना अन्यत्र सरुवा गर्ने, कारागार राख्न नहुने वस्तुहरुको भए, नभएको पत्ता लगाउन दुई पटकसम्म विशेष खानतलासी लिने, प्रमुख जिल्ला अधिकारीबाट कारागार निरीक्षण गरी कारागारमा शान्ति सुरक्षा कायम गर्न बन्दीहरुलाई सम्झाउने लगायतका कार्य भएको बताउनु भयो ।

गृहमन्त्री लेखकले कारागारको अहिलेको स्थिति सामान्य रहेको र अहिले कुनै समस्या नरहेको बताउनु भयो । कारागारमा सुरक्षाकर्मी र प्रशासनको सहज पहुँच रहेको बताउनु भयो । आगामी दिनमा दुःखद् घटना हुन नदिने कुराको सुरक्षाबाट प्रत्याभुत गरिएको बताउनु भयो । आवश्यकताअनुसार सुरक्षाकर्मीको उपस्थिति रहेको बताउनु भयो । बन्दीका परिवारसँग भेट गराई बन्दीको अहिलेको स्थितिबारे परिवारलाई जानकारी गराइएको पनि बताउनु भयो । घटनाका बारेमा छानविन गर्न छानविन समिति गठन गरिएको र छानविन समितिको प्रतिवदेन प्राप्त भएपछि दोषीमाथि कानूनी कारबाही हुने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*