राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए पदबाट राजीनामा
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले राजीनामा दिनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सभापति खतिवडाले राजीनामा दिनुभयो । उहाँले संघीय निजामति विधेयकलाई समितिबाट पारित गर्दा समितिले कर्मचारी प्रशासनको दाउपेच शक्ति प्रदर्शन झेल्नुपरेको उहाँको भनाइ छ । कुलिङ अफ पिरियडको गडबडी छानविन विशेष समितिले सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई जिम्मेवार ठहर गरेको थियो । आफूले विधेयक गलत हुन नदिन प्रयास गरेको र निजामती विधेयकमा कुलिङ अफ पिरियड लागू गर्ने कार्यमा आफू नेतृत्वको समिति अन्तिमसम्म लागेको उहाँको भनाइ छ । उहाँले निजामती विधेयकमा भएको त्रुटी आफू र राज्य व्यवस्था समितिका सदस्यहरूबाट नभएको दलिल र गरिहिएर नहेर्नु आफ्नो कमजोरी रहेको स्वीकार गर्नुभयो ।
उहाँले आफ्नो सभापतित्वको समयमा समितिबाट महत्वपूर्ण विधेयकहरु पारित गर्न सफल भएको दाबी गर्नुभयो ।










