समाचार
शिक्षा विधेयकमा देशकै चासो छ, छिटो टुंग्याउनुपर्छः सांसद हजारा
काठमाडौं । नेकपा एमाले सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकमा अहिले देशकै नजर रहेको भन्दै यसलाई छिटो भन्दा छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षा विधेयक हामीले ५२ वर्षपछि...
राज्यको सेवा सुविधा र तलव खानेका सन्तान सार्वजनिक विद्यालयमा भर्ना गर्ने बाध्यकारी व्यवस्था विधेयकमा राखौँः सांसद बस्नेत
काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद ज्ञानु बस्नेतले देश ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दासमेत देशको शिक्षाको स्थिति नाजुक रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शिक्षाको क्षेत्रमा धेरै समस्या अहिले पनि विद्यमान रहेको बताउनु...
युवा संघले रक्तदान कार्यक्रम गर्दै
हेटौंडा । नेकपा एमाले मकवानपुर भातृ संगठन युवा संघ मकवानपुरले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । युवा संघ मकवानपुरको आयोजनामा भोलि ५ भदौमा हेटौंडाको हुप्रचौरमा रक्तदान कार्यक्रम गर्न लागिएको हो । रगतको अभावमा रहेकाहरूलाई जीवन दिने अभियानका साथ कार्यक्रम गर्न लागिएको युवा संघ मकवानपुर अध्यक्ष राजेश नगरकोटीले बताउनु...
विपिन जोशीको रिहाइका लागि नेपाल सरकार हर सम्भव प्रयासमा : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि नेपाल सरकार हर सम्भव पहलमा जुटिरहेको जानकारी दिएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत विपिनको सुरक्षालाई सरकारको प्राथमिक जिम्मेवारी भन्दै, कूटनीतिक स्तरमा निरन्तर प्रयास भइरहेको उल्लेख गरेका हुन्। परराष्ट्र मन्त्रालयले...
आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक...
बैंकहरुले गरे नयाँ ब्याजदर निर्धारण, भदौमा औषत व्याजदर झनै घट्यो
भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको विवरणहरुअनुसार साउनको तुलनामा भदौमा औषत ब्याजदर घटेको छ । साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.६० प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरूले भदौमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिने भएका छन् । यसैगरी...
सरकारका कदमहरु सुशासनका विरुद्धमाः माओवादी उपाध्यक्ष भुसाल
नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरु सुशासनका विरुद्ध रहेको बताउनुभएको छ । जनकपुरमा आईतवार पत्रकारहरुसँग कुरा गर्दै यहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार सुशासनका विरुद्ध भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथी प्रतिशोध साँध्ने र जनविरोधी कानूनहरु ल्याउनेतिर लागेको आरोप लगाउनु भयो । उहाँले सोही अनुरुप भूमीसम्बन्धी विधेयक...
पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा धर्ना
जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघ धनुषा शाखाको अगुवाइमा आईतवार धर्नामा बस्दै उनीहरुले पत्रकारमाथि आक्रमण गर्ने वकिलहरुलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । गुठी संस्थानबाट महासंघले कानूनी प्रक्रिया पूरा गरी लिजमा लिएको ४ कठ्ठा जग्गा...
बागमतीमा ५ मन्त्रीले गरे सपथ, लामा पक्षका सांसदहरू समेटिएनन्
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन्। आज प्रदेश प्रमुखको कार्यालयमा नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्। नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त रहेको पाँच मन्त्रालयमा मन्त्री नियुक्त...
बागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु हुँदै
हेटौंडा । बागमती प्रदेशमा गाई तथा भैँसीमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा यो अभियान भदौ १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ। अभियान अन्तर्गत प्रदेशभरका ११९ वटा स्थानीय तहमा करिब १...










