समाचार

थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न बर्खास्त

काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतले नैतिकता उल्लङ्घनको आरोपमा प्रधानमन्त्री पेटोङटार्नलाई पदबाट हटाएको छ । कम्बोडियासँगको सीमा मुद्दामा भएको फोन वार्ता संविधानको उल्लङ्घन भएको पाएपछि थाइल्याण्डको संवैधानिक अदालतले शुक्रबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट हटाएको हो । फैसला लागू हुनेबित्तिकै पेटोङटार्नले आफ्नो लगभग एक वर्षदेखि रहेको जिम्मेवारी गुमाउने छिन् । अदालतले...

प्रधानमन्त्री ओली चीन प्रस्थान (तस्बिरसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन जनवादी गणतन्त्र चीन प्रस्थान गर्नुभएको छ । शनिवार बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुभएको हो । पछिल्लो पटक प्रधानमन्त्री भएपछि चीन भ्रमण गर्नुभएको यो दोस्रो पटक पनि हो । चिनियाँ...

नेपालमा जलविद्युतको अपार सम्भावना छः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रवार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विद्युतको सम्भावनासँगै विद्युतीय सामग्रीहरुको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताउनु...

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिँउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र...

ज्येष्ठ नागरिकलाई प्रेस चौतारी मकवानपुरको सहयोग

हेटौडा । प्रेस चौतारी नेपाल मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिका–१५, स्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमा पुगेर ज्येष्ठ आमाबुबासँग भेटघाट गरेको छ । आश्रममा रहेका आमाहरुलाई धोती र सबै ज्येष्ठ नागरिकलाई फलफूल उपलब्ध गराउँदै चौतारीका पदाधिकारी र सदस्यहरुले अन्तरक्रिया पनि गरेका छन् । ‘यो त भेट्ने सानो बहाना मात्रै हो,...

पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीरसंकट र चुनौतीबाट गुज्रिरहेको बताउनु भएको छ । सोमवार काठमाडौंमाआयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीकार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो । उहाँले कम्युनिष्ट पार्टीभित्रमात्र नभई हालको राजनीतिक परिस्थिति सबै राजनीति दलहरुको लागि चुनौतीपूर्ण रहेको टिप्पणी गर्नुभयो...

भारतको हिमाचल क्षेत्रमा विपदमा परेर ३०३ जनाको मृत्यु

भारतको उत्तरी पहाडी राज्य हिमाचल प्रदेशमा चलिरहेको मनसुन सिजनमा बादल फुट्ने, पहिरो, बाढी र अन्य वर्षासम्बन्धी घटनाहरूमा कम्तीमा ३०३ जनाको मृत्यु भएको छ। राज्यको विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिइएको छ। जुन २० देखि हालसम्म वर्षासम्बन्धी घटनाहरूमा १५५ जनाको मृत्यु भएको छ भने भारी वर्षाका कारण सडक दुर्घटनामा १४८ जनाले...

अर्थ मन्त्रालयमातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर

अर्थमन्त्रालय मातहतका ९० जना अधिकृतको जिम्मेवारी हेरफेर गरिएको छ । गत सातामात्रै  अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरुको सरुवा गरिएकाे थियो । फेरी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकै इच्छामा शाखाअधिकृतको पनि ब्यापक रुपमा जिम्मेवारी हेरफेर गरिएको छ । रसुवागढी भन्सार कार्यालयमा कार्यरत रविन्द्र प्याकुरेललाई आन्तरीक विभाग मातहतका कार्यालयमा ल्याइएको छ...

घरजग्गाको कारोबार गर्ने कम्पनीले कर्जा पुनर्तालिकीकरणको सुविधा पाउने

नेपाल राष्ट्र बैंकले घरजग्गाको कारोबार गर्ने कम्पनीलाई कर्जा पुनर्तालिकीकरण वा पुनर्संरचनाको सुविधा ल्याएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो सुविधा ल्याएको हो । अब बैंकहरुले नेपाल सरकारबाट स्वीकृति प्राप्त निकायमा दर्ता भई सञ्चालनमा रहेका जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित...

२०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दे महामन्त्री थापाले यस्तो बताउनु भएको हो । नेपाली काँग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि...