समाचार
ललितपुर महानगरले भत्कायो न्हुः पोखरीमा रहेका अनाधिकृत संरचना
ललितपुर नगरपालिकाले न्हुः पोखरी उत्तरपूर्व पोखरीको डिलमा रहेका अनाधिकृत संरचना हटाएको छ । महानगरपालिकाले आईतवार उक्त क्षेत्रका संरचनाहरु भत्काएको हो । महानगरले गत साउन १७ गते ३५ दिने सूचना जारी गरी सो क्षेत्रमा रहेका अनाधिकृत संरचना हटाउन आग्रह गरेको थियो । महानगरले दिएको अवधिमा संरचना हटाउन अटेर गरेपछि महानगरले...
मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने काँग्रेसको निर्णय
सत्तारुरुढ दल नेपाली काँग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ । आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार...
विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व निजामति कर्मचारीको होः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व निजामति कर्मचारीको भएको बताउनुभएको छ । निजामति सेवा दिवसका अवसरमा आईतवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति...
आज २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले (आज) आईतवार २५ अर्ब निक्षेप खिच्दैछ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७२ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र...
आजबाट पितृ पक्ष शुरु
आजबाट सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ । १५ दिनसम्म चल्ने पितृ पक्षमा स्वर्गीय भइसकेका पूर्वजहरुलाई पिण्ड दान तथा तर्पण गर्ने गरिन्छ । पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको हो । चाडपर्व यज्ञादि तथा ठूला कार्य...
संसदीय प्रक्रियामा एआईको प्रयोग गर्नेबारे सोच्दैछौँः सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा ए.आई.को उपयोगबारे अध्ययन भइरहेको बताउनुभएको छ । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, अटोमेसनमार्फत समयमै काम सम्पन्न गर्ने र विधेयकसँग...
सर्वसाधारण भन्छन्ः‘सामाजिक सञ्जाल नेपालमा सूचिकृत हुनुपर्छ, सरकारले पनि पहल गर्नुपर्यो’
काठमाडौं । सरकारले नेपालमा सूचिकरण नभएका फेसबुक, एक्ससहितका दर्जनौँ बढी सामाजिक सञ्जालमाथि प्रतिवन्ध लगाएको छ । ति सामाजिक सञ्जालहरु हाल नेपालमा बन्द हुँदैछन् । सरकारको यो निर्णयलाई केहीले सर्मथन गरेका छन् भने केही अभिव्यक्ति स्वतन्त्रतामाथिको बन्देज भनेर विरोध गरिरहेका छन् । सरकारको निर्णयको समर्थन गर्नेहरुले सामाजिक सञ्जाल नेपालमा सूचिकृत...
बागमतीमा अब १० लाखभन्दा माथिका योजना टेन्डरबाटै
बागमती प्रदेश सरकारले विकास निर्माणका योजनामा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न ठूला योजनाहरूमा उपभोक्ता समितिको सट्टा ठेक्का प्रणाली अनिवार्य गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा सार्वजनिक निर्माणसम्बन्धी आयोजना कार्यान्वयन मार्गनिर्देशन पारित गर्दै अबदेखि १० लाख रुपैयाँभन्दा माथिका सबै योजना टेन्डर...
राप्रपाको क्षेत्रीय अधिवेशन नजिकिँदै, अध्यक्षमा थापाको दाबी
हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भाद्र २१ गते क्षेत्रीय अधिवेशन हुदै छ । अधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व चयनको दौड रोचक बनेको छ । भाद्र २१ गते शनिबार हेटौमा हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा नया नेतृत्व...
एमालेमा केपी ओलीको विकल्प छैन : नेता थपलिया
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन्। समकालीन राजनीतिमा केपी ओलीको विकल्प देशमै नभएको अझ एमालेमा झन् हुँदै नभएको थपलियाको भनाई छ। देशमा विकासका नयाँ नयाँ मोडलहरू ल्याउने नेता ओलीमात्र रहेको भन्दै ओली अहिलेको समयमा पार्टी...










