समाचार

संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर मुलुकलाई निकास दिने प्रयास भईरहेको बताउनुभएको छ । विहीवार एक विज्ञप्ति जारी गर्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार विमर्श...

आन्दोलनको क्रममा भागेका कैदीबन्दीहरूमध्ये १६६ जना नियन्त्रणमा

हेटौंडा । आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूमध्ये हालसम्म १६६ जना पक्राउ परेका छन्। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त सुराकी तथा कारबाहीका आधारमा देशका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। मकवानपुर जिल्लाको भिमफेदी कारागारमा एक नाबालक सहित १ हजार ६६ कैदी संख्या रहेकोमा ४...

जेन-जी आन्दोलनमा घाईते भएका ३५ जनाको निजामति कर्मचारी अस्पतालमा शल्यक्रिया

बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालमा जेन जी आन्दोलनमा क्रममा घाईते भएका ३५ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालका प्रशासकिय अधिकृत रञ्जना नेपालका अनुसार अस्पतालमा आएका ४ सय ३६ जनामध्ये ४८ जनको भर्ना गरिएको थियो । सोमध्ये ३५ जनाको शल्यक्रिया गरिएको हो । उहाँकाअनुसार उपचारको लागी ४४ जनालाई अन्य अस्पचालमा रिफर...

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यलयले बुधवार एक विज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मको लागि विमानस्थल बन्द रहने जनाकारी दिएको हो । उपत्यकामा जारी निषेधाज्ञा, कफ्र्यूआदेश, उपत्यका भित्रको विषम परिस्थिति लगायत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको...

डिल्लीबजार कारागार तनावग्रस्त

काठमाडौं डिल्लीबजार चारखालस्थित कारागार तनावग्रस्त भएको छ । कैदीहरुले ढुंगामुढा र आगजनी गरेर भाग्ने प्रयास गरेपछि कारागार तनावग्रस्त भएको हो । कारागारभित्रबाट कैदीहरु बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेर गेटमै रोकेको छ । अन्य कारागारबाट कैदीबन्दी छुटेका कारण आफूहरू पनि छुट्न पाउनुपर्ने माग उनीहरूको छ । काराकारलाई सेनाले नियन्त्रणमा...

तारकेश्वर वडा नम्बर ११ को वडा कार्यालयमा आगजनी (तस्बिरहरु)

काठमाडौं । तारकेश्वर वडा नम्बर ११ को वडा कार्यालयमा जेनजीहरुले आगो लगाएका छन् ।

दोस्रो दिन  जेन जी प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । आन्दोलनको दोस्रो दिन बिहानैदेखि काठमाडौंका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन गरी रहेका छन् । जेन जी पुस्ताले काठमाडौं उपत्यकासहित देशभर नै आन्दोलन चर्काउँदै लागेका छन् ।

जेन–जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै...

कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि जेनजीको प्रदर्शन सुरु

काठमाडौं ।  नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बानेश्वरको संसद...

प्रधानमन्त्री ओली द्धारा दुख व्यक्त , सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाईयो

काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न भएको भन्दै दुख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सोमबार सांझ बालुवाटारमा मन्त्रीपरिषद् बैठक सकिएपछि आफ्नो भनाई विज्ञप्ती मार्फत सार्वजनिक गर्दै सरकारले सामाजिक सञ्जाल नियमन गर्न सरकारले गरेको...