जेन–जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

संवाददाता
२०८२ भाद्र २४, मंगलवार १०:४८

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमनलाई इतिहासकै सर्वाधिक बर्बर रहेको ठहर गरेको जानकारी दिनुभयो ।

युवाहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ ।उहाँले युवाहरूको स्वतस्फूर्त आन्दोलनलाई कुनैपनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्न नहुने बताउनु भयो । घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कारबाही गर्न समेत बैठकले माग गरेको छ ।

युवाहरुको माग सम्बोधन गर्न आवश्यक वार्ता गर्न पनि माग गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*