समाचार

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सकारका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमवार बिहान नवनियुक्त मन्त्रीहरु कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोनपनीयताको शपथ गराउनुभएको हो । प्रधानमन्त्री कार्कीले आईतवार घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार...

प्रधानमन्त्री कार्कीको प्रश्नः सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ?

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताउनुभएको छ । सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताउनु भयो । यहाँले यो देखेर आफूलाई लाज लागेको...

युवा पुस्ताको सोच बमोजिम काम गर्नेछुः प्रधानमन्त्री कार्की

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताउनुभएको छ । जेन—जी आन्दोलनका क्रममा युवा पुस्ताहरुले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उहाँले उनीहरुको सोचअनुसार आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले...

‘आगजनीबाट क्षति भएको निजी क्षेत्रलाई सफ्ट लोन दिएर भएपनि सहयोग गर्छौं’

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताउनुभएको छ । आज पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने...

जेन–जी आन्दोलनमा मृत्यु भएकालाई सरकारले गर्‍यो शहीद घोषणा

काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरेको छ । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गर्नुभएको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिनुभयो । २३ र २४...

नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्नुभएको छ । । प्रधानमन्त्री कार्कीले आईतवार विहान साढे ११ बजे सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गरिएको छ । उहाँ शनिवारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आउनुभएको छ...

जेन—जी आन्दोलन असरः ‘नेपाल असुरक्षित रहेछ, अब कहिल्यै आउँदैनौँ’

काठमाडौं । जेन—जीको आन्दोलनले उग्र रूप लिँदा देशका धेरै सरकारी र निजी क्षेत्रका संरचना आगोले डढेर खरानी बनेका छन् । यो घटनाले कति मात्रामा क्षति भयो भनेर अहिले नै तथ्यांक आउने अवस्था छैन । यी संरचनाहरूलाई पुरानै स्थितिमा फर्काउन धेरै समय लाग्नसक्ने स्पष्ट छ । यो आन्दोलन र घटना...

कर्फ्यु तथा निषेधाज्ञा खुल्ला गरेपछि हेटौंडामा जनजीवन सामान्य बन्दै

हेटौंडा । अन्तरिम सरकार गठनसँगै देशभर झै हेटौंडामा पनि जनजीवन सामान्य बनेको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएको थियो । अन्तरिम सरकार गठन पश्चात् नेपाली सेनाले कर्फ्यु तथा निषेधाज्ञा खुल्ला गरे पछि देशभर झै हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ...

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जालको प्रदर्शन

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले प्रदर्शन गरेको छ । शुक्रवार नेपाल बार एशोसिएशन परिसरमा भेला भएर उनीहरूले संवैधानिक प्रक्रियाबाट देशलाई निकास दिन सुझाव दिएका हुन् । जेनजी आन्दोलनपछि राज्यविहिनताको अवस्था आएको र यसको समाधानका लागि अन्योलता देखिएको बताउँदै पापडले यस्तो सुझाव दिएको छ ।

जेन जी आन्दोलनले प्रमुख राजनीतिक दलका पार्टी कार्यलय ध्वस्त

जेन जी आन्दोलनका प्रदर्शनकारीको निशानामा सरकारी संरचना, राजनीतिक दलका कार्यलय, राजनितिक दलका नेताहरुको घर र व्यापारिक कम्प्लेसहरु परेका छन् । भ्रष्टाचार विरुद्धको आन्दोलनको नारा लिएर सडकमा उत्रिएका युवाहरुले भदौ २४ गते सिंहदरबार, संसद भवन लगायतका सरकारी संरचनासँगै देशका प्रमुख राजनितिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को...