जेन जी आन्दोलनले प्रमुख राजनीतिक दलका पार्टी कार्यलय ध्वस्त

संवाददाता
२०८२ भाद्र २८, शनिबार १५:१९

जेन जी आन्दोलनका प्रदर्शनकारीको निशानामा सरकारी संरचना, राजनीतिक दलका कार्यलय, राजनितिक दलका नेताहरुको घर र व्यापारिक कम्प्लेसहरु परेका छन् ।

भ्रष्टाचार विरुद्धको आन्दोलनको नारा लिएर सडकमा उत्रिएका युवाहरुले भदौ २४ गते सिंहदरबार, संसद भवन लगायतका सरकारी संरचनासँगै देशका प्रमुख राजनितिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) को कार्यलयमा तोडफोड तथा आगजानी गरेका हुन् । प्रदर्शनकारीले लगाएको आगोले सानेपामा रहेको नेपाली काँग्रेस र नेकपा एमालेको कार्यलय पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । कार्यलयमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् भने कार्यलय खण्डहर बनेको छ । जलेको पार्टी कार्यलयका काँग्रेस कार्यकर्ताले पार्टीको झण्डा र विपी कोईरालाको तस्बिर अंकित झण्डा राखेका छन् ।
च्यासलमा रहेको नेकपा एमालेको पार्टी कार्यलय र पेरिसडाँडामा रहेको माओवादी केन्द्रको पार्टी कार्यलयलाई पनि प्रर्दशनकारीले आगो लगाएर ध्वस्त बनाइदिएका छन् । बानेश्वरमा रहेको एकिकृत समाजवादीको कार्यलयमा भने तोडफोड मात्रै भएको छ । प्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*