समाचार
नागढुंगा चेकपोष्टबाट काठमाडौंतर्फ फर्कियो सवारी
काठमाडौं । काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ । प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेको थियो । त्यसपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका हुन् । नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान साढे...
५ घण्टापछि नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो
काठमाडौं महानगरपालिका २२ भीमसेनस्थानमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमवार सबिहान साढे ४ बजेको समयमा लागेको आगो साढे ९ बजेपछि नियन्त्रणमा आएको हो । आगलागीबाट चार वटा घरहरु र एउटा मन्दिरमा क्षति पुगेको बताइएको छ । मानवीय क्षतिको आशंका गरिएको छ । एउटा घर भने पूर्ण रुपमा जलेर...
आज शुभसाइतको प्रतीक फूलपाती भित्राइँदै
काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,...
माओवादी केन्द्र फरक धातुले बनेका मान्छेहरुको पार्टी होः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भएपनि आत्मसमीक्षा गरेको र...
जेन–जी आन्दोलनबाट बागमती प्रदेशसभा भवनमा ३० देखि ३५ करोड बराबरको क्षति
हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा जेन–जी आन्दोलनबाट प्रदेश सभा भवन पुर्ण रुपमा क्षति ग्रस्त बनेको छ । प्रदेश सभाको हालै संचालनमा ल्याईएको अस्थायी भवन र पुरानो भवन दुबै जेनजीको निसानामा परेको थियो। प्रदेश सभा भवन क्षति ग्रस्त हुदाँ ३० देखि ३५ करोड बराबरको क्षति भएको आकलन गरिएको छ...
बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुँदैनः महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलिदान गरेर आएका राजनीतिक दलहरुलाई निषेध गर्नेकुरा स्वीकार्य हुन नसक्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लोकतन्त्रमा राजनीतिक दलहरुलाई कमजोर बनाएर, निषेध गरेर लोकतन्त्र अघि बढ्न नसकिने बताउनु...
जेन—जी आन्दोलनमा ज्यान गुमाएको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइयो
जेन—जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको शोकमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । बुधवार सिंहदरबारसहित सरकारी कार्यलय, कुटनीतिक नियोगहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको हो । सरकारले जेन जी आन्दोलनमा सहादत प्राप्त गरेकाहरुमा शोक व्यक्त गरिएको हो । सरकारले शोक दिवसमा बुधवार (आज) सार्वजानिक विदा समेत दिएको छ ।...
जेन—जी आन्दोलनको क्रममा भएका क्षतिको आँकडा चाँडै सार्वजनिक हुन्छः मन्त्री घिसिङ
ऊर्जा, जलश्रोत तथा सिंचाई एवं भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको क्रममा भएको क्षतिको आँकडा चाँडै सार्वजनिक गर्ने बताउनुभएको छ । बुधवार अपरान्ह सो आन्दोलनको क्रममा आगजनीले क्षतिग्रस्त संघीय संसद भवनको अवलोकन गर्ने क्रममा उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । काठमाडौंमा मात्रै नभएर...
जेन जी आन्दोलनमा अधिक बल प्रयोग भयो, निष्पक्ष छानविन गर्नुपर्छः गृहमन्त्री अर्याल
काठमाडौं । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोगको घटनालाई छानविन गर्नुपर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । सोमवार सिंहदरवारमा पदभार ग्रहण गरेलगत्तै उहाँले कर्मचारीहरुलाई निर्देशन दिने क्रममा सो कुरा बताउनुभएको हो । जेनजी आन्दोलनपछि मुलुकलाई सामान्य अवस्था फर्काउन...
जेन जी आन्दोलनको प्रभावः अर्थ मन्त्रालयले गुमायो ‘प्रिफ्याव’ भवनसहित दर्जनौँ सवारी साधन
काठमाडौं । जेन जी आन्दोलनका क्रममा अर्थ मन्त्रालयले ठूलो क्षति व्यहोर्नुपरेको छ । मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरणअनुसार अर्थ मन्त्रालयको बजेट महाशाखा रहेको प्रिफ्याव भवन पूर्णरुपमा क्षति भएको छ । अर्थ मन्त्रालयका १६ वटा चारपांग्रे सवारी साधन, ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर पूर्ण रुपमा क्षति भएका छन्...










