५ घण्टापछि नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो

संवाददाता
२०८२ आश्विन १३, सोमबार १४:४०

काठमाडौं महानगरपालिका २२ भीमसेनस्थानमा लागेको आगो नियन्त्रणमा आएको छ ।

सोमवार सबिहान साढे ४ बजेको समयमा लागेको आगो साढे ९ बजेपछि नियन्त्रणमा आएको हो । आगलागीबाट चार वटा घरहरु र एउटा मन्दिरमा क्षति पुगेको बताइएको छ । मानवीय क्षतिको आशंका गरिएको छ । एउटा घर भने पूर्ण रुपमा जलेर नष्ट भएको छ । पूर्ण रुपमा क्षति भएको घरमा मानिसहरु फसेको हुनसक्ने आशंका खोजतलासी भइरहेको छ । भीमसेनस्थानस्थित मोहन शाहको घरको कपडाको गोदामबाट आगलागी भएको हो । काठमाडौंका चार, ललितपुर महानगरको एक, नेपाली सेना, बूढानीलकण्ठ नगरपालिका गरी आठवटा दमकल आगलागी नियन्त्रणमा परिचालन गरिएको थियो । आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*