समाचार

जेन–जी आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई कुनै आदेश दिइएको थिएनः रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीमाथि बल प्रयोग गर्न कुनैपनि आदेश नदिएको दाबी गर्नुभएको छ । शुक्रवार पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आन्दोलनकारीमाथि बल प्रयोग गर्न प्रहरीलाई प्रधानमन्त्री र गृहमन्त्रीको तर्फबाट कुनै पनि आदेश नभएको जिकिर गर्नुभएको हो । तत्कालीन...

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । भूमि समस्या समाधान आयोग खारेज भएको छ । बिहीवार अपरान्ह सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो आयोग खारेज गर्ने निर्णय गरेको हो । सबै जिल्लाका जिल्ला समितिहरुसहित सो आयोग खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी...

“यो सरकार नेपालीको प्रतिनिधि होइन” ओलीको कडा आरोप, संसद पुनःस्थापनाको माग

काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुर–गुन्डुमा आयोजित कार्यक्रममा वर्तमान सरकारलाई “नेपालीको प्रतिनिधि होइन” भनेर आरोप लगाउनु भएका छन् । उनले विघटन गरिएको संसद फिर्ता गर्ने माग अघि बढाउनु बाहेक देशलाई लोकतान्त्रिक मार्गमा फर्काउने अर्को विकल्प नरहेको बताएका छन् । अध्यक्ष ओलीले सो मागमा नेपाली...

महेश बस्नेतको कडा चुनौती : ‘हिम्मत भए केपी ओलीलाई पक्राउ गरेर देखाऊ

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता र प्रतिशोधको राजनीतिप्रति गहिरो असन्तुष्टि जनाउँदै वर्तमान सरकारलाई खुला चुनौती दिएका छन्। बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हिम्मत भए पक्राउ गरेर देखाऊ’ भन्दै सरकारलाई चुनौती दिएका छन्। ‘जेनजी आन्दोलनमा आफूले...

मकवानपुरमा सवारी दुर्घटना, १६ जना घाइते

मकवानपुर । मकवानपुरको बागमति गाउँपालिका–४ हरामी चोकस्थित मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्। मंगलवार बिहान करिब ६:४५ बजे सिन्धुलीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको ईभी (EV) गाडीले भित्री बाटोबाट हाईवेमा निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछी...

पुडासैनीको वर पिपलु सार्वजनिक

हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छिन् । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको...

पूर्वी नदीहरूमा बाढीको उच्च जोखिम, सतर्क रहन विज्ञको आग्रह

काठमाण्डौं । कोशी, तमोर, अरुण र सुनकोशी नदीमा बहाव खतरा तहभन्दा माथि पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यी नदीहरूमा लगातारको वर्षाले गर्दा जलस्तर उच्च भएको हो। यसैगरी, बागमती र कमला नदीमा भने जलस्तरमा केही घट्ने संकेत देखिएको छ। तर, पूर्वी तथा तराई क्षेत्रका विभिन्न स–साना नदीहरूमा...

काठमाडौँ महानगरभित्रका विद्यालयहरूमा बाढी प्रभावितको आश्रय, ७० विद्यालय तयारी अवस्थामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका पाँच वटा विद्यालयमा बाढीको जोखिममा परेका नागरिकहरूलाई सुरक्षित रूपमा आश्रय दिइएको छ। महानगरपालिकाको शिक्षा विभागका अनुसार, तत्कालका लागि महानगरभित्रका ७० वटा विद्यालयलाई आश्रयस्थल (सेल्टर) का रूपमा प्रयोग गर्न सकिने तयारी गरिएको छ। प्रभावित परिवारहरूका लागि खाने र बस्ने व्यवस्था काठमाडौँ महानगरपालिकाले गरिरहेको छ। विश्व निकेतन,...

सडक अवरुद्धसम्बन्धी अपडेट : पहिरो र पानीको बहावका कारण तीन स्थानमा असर

मकवानपुर ।  लगातार वर्षाका कारण मकवानपुर जिल्लाको विभिन्न स्थानका सडकहरू प्रभावित भएका छन्। केही स्थानमा सडक सुचारु भइसकेको छ भने अन्यत्र अझै खुलाउन समन्वय जारी रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ। १. फाखेल–हुमाने सडक खुल्यो २०७८ असोज १८ गते दिउँसो १:०० बजे इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मी खोलानजिकको फाखेल–हुमाने–काठमाडौं...

तीन दिनसम्म देशभर भारी वर्षा ,’ लामो दूरीका सवारी साधन बन्द

काठमाडौँ । आगामी तीन दिनसम्म देशभर सम्भावित भारी वर्षाका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका सवारी साधन बन्द गर्ने निर्णय गरेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको पूर्वानुमान अनुसार असोज १८, १९ र २० गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना...