महेश बस्नेतको कडा चुनौती : ‘हिम्मत भए केपी ओलीलाई पक्राउ गरेर देखाऊ
काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता र प्रतिशोधको राजनीतिप्रति गहिरो असन्तुष्टि जनाउँदै वर्तमान सरकारलाई खुला चुनौती दिएका छन्। बुधबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘हिम्मत भए पक्राउ गरेर देखाऊ’ भन्दै सरकारलाई चुनौती दिएका छन्।
‘जेनजी आन्दोलनमा आफूले दमन गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएपछि तत्कालै उनले सरकारको नियतप्रति प्रश्न उठाएका छन्। गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगमा उक्त उजुरी पठाइएपछि बस्नेतले आरोपहरूको जवाफ दिँदै भने ,केपी ओली दोषी हुन् भने पक्राउ गर्नु पर्ने तर कानूनको नाममा प्रतिशोध गरन नहुने उनले बताएक छन् ।
हामी दूधले नुहाएका होइनौं, उनले भने, तर बिना प्रमाण भ्रष्टाचारीको आरोप लगाउनु आपत्तिजनक हो।
‘जेनजी आन्दोलन’ र त्यसपछि एमालेप्रति बढ्दो आलोचनालाई लिएर उनले पार्टी अध्यक्ष ओलीले युवा संघको कार्यक्रममा धारणा स्पष्ट गरिसकेको भन्दै अब पार्टीको औपचारिक र स्पष्ट अभिव्यक्ति आउने बताए।
२४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटी बैठक रहेको बस्नेतले जानकारी दिए । यो महिनाको अन्त्यसम्ममा एमालेको आधिकारिक धारणा सार्वजनिक हुने उनले बताए।











