मकवानपुरमा सवारी दुर्घटना, १६ जना घाइते
मकवानपुर । मकवानपुरको बागमति गाउँपालिका–४ हरामी चोकस्थित मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्।
मंगलवार बिहान करिब ६:४५ बजे सिन्धुलीतर्फबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको ईभी (EV) गाडीले भित्री बाटोबाट हाईवेमा निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करपछी EV गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सीमा खस्दा दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ।
दुर्घटनामा EV गाडीमा सवार यात्रु र मोटरसाइकल चालक गरी १६ जना घाइते भएका छन्। खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। घाइतेहरूलाई उद्धार गरी तत्कालै स्थानिय साम्भि पोलिक्लिनिक तथा सहकारी अस्पतालमा उपचारका लागि पठाइएको छ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा गम्भीर घाइते कोही नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।











