समाचार

जेन–जी भन्छन्– अब हामी विदेश जान नपरोस्

जेन–जी पुस्ताको आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै जनस्तरमा सकारात्मक धारणा देखिएको छ । जेन–जी पुस्ताको आन्दोलनपछि सरकार ढलेसँगै कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार कार्कीलाई संविधानको धारा ६१ (४) अनुसार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । मुलुकको...

मिथिलाञ्चलमा नहाय खाय विधिसँगै जितिया पर्व शुरु

मिथिलाञ्चलमा नहाय खाय विधिसँगै जितिया पर्व शुरु भएको छ । मिथिलाञ्चलमा व्रतालु महिलाहरु जलाशयमा स्नानादी गरी घिरौँलाको पातमा तोरी वा सर्सोको तेल र पिना चढाएर जिमूतवाहन देवताको पूजा गरी जितिया पर्वको प्रारम्भ गरेका हुन् । आजै कोदोको रोटी र माछा खाने परम्परा छ । जसलाई मैथिल समुदाय माछमरूवा भन्छन्...

अन्तरिम सरकार गठनसँगै जनजीवन सामान्य बन्दै

अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ । काठमाडौं उपत्यकामा अहिले जनजीवन सामान्य बन्दै गएको हो । सुरक्षार्थ खटिएका नेपाली सेनाहरु अहिले सडकमा छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं ट्राफिक प्रहरीले सडकमा सुरक्षा दिइरहेको छ भने यातायात व्यवस्थापनको काम पनि गरिरहेको छ ।...

अर्थशास्त्री भन्छन्–जेन्जीको आन्दोलनले पुँजीवादको जालो भत्काउन सहयोग गरेको छ

अर्थतन्त्रका जानकारहरुले जेनजीको प्रदर्शन बेथिती, कुशासन र भ्रष्टाचारविरुद्ध भएकाले यो समयलाई कोर्स करेक्सनको रुपमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । ‘वर्तमान अवस्थामा अर्थतन्त्रका चुनौती र अबको बाटो’ विषयक आज भएको भर्चुअल अन्तरक्रियामा उनीहरुले अब पनि पुरानै शैलीमा अघि बढ्न नहुने बताउनु भयो । नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालले भ्रष्टाचारका विरुद्ध...

मुख्यसचिव अर्याल भन्छन्ः ‘जेन–जीको मागअनुसार बन्ने नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ’

मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताउनुभएको छ । शुक्रवार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताउनुभएको हो । अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवाप्रवाहलाई...

काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै

काठमाडौं उपत्यकासहित देशभर जनजीवन सामान्य बन्दै गएको छ । आन्दोलनपछि नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बन्दै गएको हो । नेपाली सेनाले कफ्र्यु खुकुलो बनाएसँगै पसलहरुबाट सामान खरिद गर्न, अत्यावश्यकका काममा घर बाहिर मानिसहरु निस्किएका छन् ।  बिहान ६ बजेदेखि ११ बजेसम्म हिँडडुलका लागि वातावरण...

कर्फ्यु हटेसँगै रुपन्देहीको जनजीवन सामान्य बन्दै

कफ्र्यु हटेसँगै रुपन्देहीको जनजीवन सामान्य बन्दै गएको छ । लामो र छोटो दूरीका सवारीसाधनहरु पनि कफ्र्यु हटेसँगै सञ्चालन हुन थालेका हुन् । भ्रष्टाचार र बेथितिका विरुद्ध जेन जी पुस्ताले गरेको आन्दोलनपछि देशको अवस्था नियन्त्रण बाहिर गएको थियो । सुरक्षा चुनौति बढेसँगै नेपाली सेनाले सुरक्षाको जिम्मा लिएर अहिले पनि सुरक्षा...

जेन जी पुस्ताको आन्दोलनपछिको आगजनी र तोडफोडबाट खण्डहर भए कास्कीका सरकारी कार्यालय

जेन जी पुस्ताले गरेको आन्दोलनपछि भएको आगजनी र तोडफोडपछि पोखराका जिल्ला प्रशासन कार्यालयसहित सरकारी कार्यालयहरु खण्डहर भएका छन् । प्रदेश लोकसेवा कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, कारागार कार्यालय, कास्की जिल्ला अदालतको अवस्था दयनीय छ । सबै सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् । आगजनी कारण भएको क्षति मूल्यांकन समेत हुन...

मकवानपुरमा जेनजी आन्दोलनबाट ३३ संरचना खण्डहरमा परिणत

हेटौंडा । देशभर भएको जेनजी आन्दोलनले देशभर झैं मकवानपुरमा पनि ठूलो विध्वंस मच्चाएको छ । भ्रष्टाचार, सरकारी व्यवस्था र सामाजिक अन्यायविरुद्ध उठेका युवाहरूको आन्दोलनले सरकारी तथा सार्वजनिक संरचनामा आगजनी र तोडफोड भएको छ । भदौ २३ गते आन्दोलन उत्कर्षमा पुग्दा मकवानपुर जिल्लामा मात्रै ३३ वटा सरकारी, राजनीतिक,सार्वजनिक तथा निजी...

हेटौंडामा जनजीवन सामान्य बन्दै

हेटौंडामा पछिल्ला दिनमा देखिएको अस्थिर अवस्था क्रमशः सुधार हुँदै गएको छ । आन्दोलनपछिको तनावपछि नेपाली सेनाले सुरक्षा व्यवस्थाको नेतृत्व लिएसँगै जनजीवन सामान्य अवस्थामा फर्कन थालेको हो । नेपाली सेनाले कफ्र्युमा केही खुकुलोपन ल्याएको छ । बिहान ६ बजेदेखि १० बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई बाहिर निस्कने अनुमति दिइएको छ...