मिथिलाञ्चलमा नहाय खाय विधिसँगै जितिया पर्व शुरु

संवाददाता
२०८२ भाद्र २८, शनिबार १३:५९

मिथिलाञ्चलमा नहाय खाय विधिसँगै जितिया पर्व शुरु भएको छ ।

मिथिलाञ्चलमा व्रतालु महिलाहरु जलाशयमा स्नानादी गरी घिरौँलाको पातमा तोरी वा सर्सोको तेल र पिना चढाएर जिमूतवाहन देवताको पूजा गरी जितिया पर्वको प्रारम्भ गरेका हुन् । आजै कोदोको रोटी र माछा खाने परम्परा छ । जसलाई मैथिल समुदाय माछमरूवा भन्छन् । नहाय खाय गरेको भोलिपल्ट ओंगठन विधिसँगै व्रतालु महिला निराहार व्रत बस्नेछन् ।

जितिया पर्व मैथिल संस्कृततिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमूतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने परम्परा रहेको छ । जितिया पर्व नियमपूर्वक गर्नाले सन्तानको आयुमा वृद्धि हुने जनविश्वास रही आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*