समाचार
चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किनुभएको छ। चिनियाँ राष्ट्रपति सी जिनफिङज्यूको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन ९एससीओ० को २५ औँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तियान्जिन र बेइजिङ प्रस्थान...
सातै प्रदेशमा अटिजम स्कुल आवश्यकः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा डा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उहाँले बताउनुभएको हो । प्रारम्भिक चरणमा सबै प्रदेशमा एक/एक वटा अटिजम स्कुलको...
बागमतीमा ९६ हजारभन्दा बढी गाईभैँसीलाई लगाइयो लम्पी स्किन विरुद्धको खोप
बागमती प्रदेशमा तीव्ररूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले चलाएको सप्ताहव्यापी खोप अभियान अन्तरगत प्रदेशभर ९६ हजार ३ सय ४७ वटा गाई तथा भैँसीलाई खोप लगाईएको छ । लम्पी स्किन रोगले गाई तथा भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा गिरावट...
हेटौंडामा वेपत्ता भएकी ९ वर्षीय बालिका मृत अवस्थामा फेला
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित राप्ती खोलामा ९ वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् । पुलचोक टोल निवासी कुमार थिङकी ९ वर्षीया छोरी प्रभा थिङ घरबाट वेपत्ता भएको भोलिपल्ट राप्ती खोलाको पानीमा मृत अवस्थामा फेला परेकी हुन्। इलाका प्रहरी कार्यालय नेवारपानीका अनुसार भदौ १७ गते साँझ करिब ४...
स्मार्ट,टिमवर्क र नवीन सोचबाट मात्रै प्रदेशको समृद्धि सम्भव छः मन्त्री देवकोटा
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउँदै परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’ लाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/८३ को...
मुख्यमन्त्री र प्रधानमन्त्रीमा प्रत्यक्ष निर्वाचिन हुनुपर्छ: एमाले नेता थपलिया
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले देशको कार्यकारी पद अर्थात् मुख्यमन्त्री र प्रधानमन्त्री पदमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले यो व्यवस्था संविधानमै सुनिश्चित गर्न आवश्यक रहेको धारणा राखेका छन् । न्युज एजेन्सी नेपालसँग हेटौंडास्थित प्रदेशसभा परिसरमा कुराकानी गर्दै थपलियाले प्रत्यक्ष...
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते
काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार २२ मध्ये २१ जना घाइते...
महानगर प्रहरीको काम सिनेमा हेरेजस्तोः बालेन्द्र साह
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र महानगर प्रहरीको काम सिनेमा हेरेजस्तो लाग्ने गरेको बताउनुभएको छ । ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँल यस्तो बताउनुभएको हो । उहाँले सानोमा आफूले हलिउड फिल्म हेर्दाखेरी सिटी पुलिसले गरेको जस्तो काम अहिले काठमाडौं महानगर प्रहरीले गरिरहेको बताउनु भयो...
पतञ्जली जग्गा प्रकरणबारे माधव नेपालः मन्त्रीपरिषद्बाट सर्वसम्मतिले निर्णय गरेर दिएको हो
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि बिना कारण मुद्दा लगाइएको बताउनुभएको छ । नेपालको कानूनले हदबन्दी छुटलाई नियमन गर्ने सम्बन्धी विशेष व्यवस्था गरेको उल्लेख गर्नुृभएको हो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हदबन्दी भन्दा बढी जग्गा दिने काम गरेर...
भूमि समस्या समाधान आयोगको कामलाई सफल पार्न एमाले हेटौँडाको आग्रह
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० हेटौँडा उपमहानगरपालिका कमिटीले भूमि समस्या समाधान आयोग, मकवानपुरको कामलाई सफल बनाउन सबै सरोकारवालाहरुलाई सहयोग गर्न अपिल गरेको छ। कमिटीका अध्यक्ष बोलबहादुर कार्कीले शुक्रबार विज्ञप्ति जारी गर्दै आयोगले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने तथा व्यवस्थापन गर्ने कार्य तीव्र गतिमा...










