समाचार
अछामदेखि अर्घाखाँचीसम्मका ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने
समयमै काम नगर्ने अछामदेखि अर्घाखाँचीसम्मका ११ ओटा निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राखिएको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै बाँकेको शुभ आर.एस. बिल्डर्स सप्लायर्स, अछामको नविन निर्माण सेवा, सुर्खेतको जे.एम.सी कन्स्ट्रक्सन प्रालि र काठमाडौंको कास्यम निर्माण सेवा एण्ड सप्लायर्सलाई कालोसूचीमा राखेको छ...
कार्की खोलाले बगाएको व्यक्तिको शव तीन दिनपछि फेला
हेटौंडा । मकवानपुरगढी गाउँपालिका–२, तल्लो छापका विनोद बम्जनको शव बगाएको तीन दिनपछि फेला परेको छ। २५ वर्षीय बम्जनलाई कार्की खोलाको आकस्मिक बाढीले बगाएको थियो। भदौ ६ गते दिउँसो करिब ३;३० बजे तिर सुकौरा, तल्लो छापस्थित पसलबाट घर फर्किंदै गर्दा कार्की खोलामा होमपाइप प्रयोग गरी तर्ने क्रममा खोलाको बहाव एक्कासि...
११० देशसँग नेपालको वैदेशिक व्यापार, धेरैजसो मुलुकसँग घाटामा
काठमाडौं । ११० भन्दा धेरै देशसँग वैदेशिक व्यापार गरिरहँदा धेरैजसो मुलुकसँग नेपालले घाटा व्यहोरेको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा छिमेकी मुलुक भारत, चीनसहित धेरै मुलुकसँग नेपालले नाफाको व्यापार गर्न सकेन् । ती मुलुकहरुसँग अबौँ व्यापार घाटा देखिएको छ । गत महिना साउनमा भारतसँग ८३ अर्ब...
एमसीसी सम्झौता नेपालको सार्वभौमसत्ता र संविधान विपरितः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरित रहेको टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता खनालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेपाल र एमसीसीबीचको सम्झौता दक्षिण एसियामा अमेरिकी...
संविधान असफल भयो भने देशमा अकल्पनीय द्वन्द्व शुरु हुन्छः गृहमन्त्री
काठमाडौ । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताउनुभएको छ । आईतवार काठमाडौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द शुरु हुने बताउनुभएको हो । संविधान निर्माणको लागि २० वर्ष लागेको उहाँले स्मरण समेत गर्नुभयो । यो संविधान असफल...
भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष
महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन–भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयले संसदमा प्रवेश पाएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा भारत र चीनलाई क्षेत्रमार्फत व्यापार गर्न दिन नहुने भन्दै सत्ता र प्रतिपक्षी दलका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै नेकपा (एमाले)मा प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेक...
संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपरेको बताउनु भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले सात बुँदे सहमतिको आधारमा सरकार बनेको भएपनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गर्नुभयो । उहाँले...
साथीहरु नेता भन्छन् तर मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायोः पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्नेगरी काम गरेको बताउनुभएको छ । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको राष्ट्रपतिले गर्नुपर्ने भुमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्नेगरी काम गरेको बताउनु भयो । राष्ट्रपति हुँदा आफूले गरेको कामहरु इतिहासको पानामा...
प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्याउन गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पु¥याउन निर्देशन दिनुभएको छ । नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा गृहमन्त्री लेखकले प्रहरी महानिर्देशक दिपक थापालाइ उक्त निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले नेपाल प्रहरीको भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण रहेपनि हाल १२ प्रतिशत...
विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौँः सांसद श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्न माग गर्नुभएको छ । बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको...










