राप्रपाको क्षेत्रीय अधिवेशन नजिकिँदै, अध्यक्षमा थापाको दाबी
हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भाद्र २१ गते क्षेत्रीय अधिवेशन हुदै छ । अधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व चयनको दौड रोचक बनेको छ ।
भाद्र २१ गते शनिबार हेटौमा हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा नया नेतृत्व चयन हुदैछ। यसबीच, हेटौडा–४ कमलडाडा निवासी युवा नेता उमेश थापा अध्यक्ष पदका लागि बलियो दाबेदारका रूपमा अगाडि आएका छन् । विगत दुई दशकदेखि राप्रपाको सक्रिय राजनीतिमा होमिएका थापा हाल बागमती प्रदेश सभामुखको स्वकीय सचिवमा कार्यरत छन् । उनले संगठनात्मक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । खेलकुदको प्रवर्द्धन, विपन्न परिवारलाई सहयोग र विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उनले आफ्नो अनुभवलाई अब पार्टी संगठन सुदृढीकरणमा प्रयोग गर्ने तयारी गरेका छन् । २०७४ र २०७९ को स्थानिय निर्वाचनमा समेत उम्मेदवार रहेका थापाले सम्मानजनक मत पाएका थिए । थापा हेटौडामा परिचित सामाजिक ब्यक्ति हुन ।
थापाले युवालाई केन्द्रमा राखेर संगठनलाई बलियो बनाउने संकल्प गरेका छन् । आफ्नो दाबेदारी प्रस्तुत गर्दै थापाले भने “आजको राजनीति युवाको ऊर्जाबिनाबिना सम्भव छैन । राप्रपालाई भविष्यमा सक्षम बनाउन युवालाई जिम्मेवारी र विश्वास दिलाउन आवश्यक छ।”थापालाई युवाको व्यापक समर्थन रहेको भन्दै स्थानीय राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।
खेलकुद गतिविधि प्रोत्साहनदेखि विपन्न समुदायलाई सहयोग पुयाउनेसम्मका कार्यले उनलाई स्थानीय समाजमा परिचित बनाएको छ । सामाजिक क्षेत्रमा सक्रिय रहेकै कारण उनको छवि पार्टी र संगठनमा मजबुत बन्दै गएको छ ।
युवाको संगठनात्मक उपस्थिति बढ्दै गएको अवस्थामा थापाको नेतृत्वले राप्रपालाई ‘युवामय’ बनाउने दाबी छ।
थापाको नेतृत्व नवीन राप्रपा निर्माणमा महत्त्वपूर्ण हुने बिश्वास गरिएको छ ।
पार्टीभित्र आगामी २०८४ को निर्वाचनमा समेत थापालाई उम्मेदवार बनाउने सम्भावना प्रबल देखिएको छ । यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रमा राप्रपाबाट दिपक बहादुर सिंह विजयी भएका थिए ।











