प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै

संवाददाता
२०८२ भाद्र १३, शुक्रबार १०:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिँउसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् ।

शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीले भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका नेताहरूसँग राष्ट्रिय सहमति जुटाएर लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् ।

ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*