समाचार
बागमतीको छौंटा मुख्यमन्त्रीमा बानियाँ नियुक्त
हेटौंडा । बागमती प्रदेशको छौंटो मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँ नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । बानियाँले हिजो साउन १९ मा कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद गरि ६४ जना...
इन्द्रबहादुर बानियाँ नियुक्त हुँदै बागमती प्रदेशका छैठौं मुख्यमन्त्री, बहादुरसिंह लामाको राजीनापछि सत्ता समीकरणमा नयाँ मोड
बागमती प्रदेशको राजनीतिक घमासान अन्ततः टुंगोमा पुगेको छ। लामो समयदेखि कांग्रेसभित्र चलिरहेको गुटीय विवाद, नेतृत्वको असन्तुष्टि र अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन्। उनको स्थानमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ। लामो समयदेखि नेपाली कांग्रेसमा...
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँको दाबी पेस
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि नयाँ सरकार गठनको प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज सोमबार मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेसँगै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको दाबी पेश गरेका छन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाका...
बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढाएका छन्। नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री लामाले साउन १८ गतेबाट लागू हुने गरी राजीनामा दिएपछि सोही संविधानको धारा...
बागमतीका मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइयो
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको छ। मुख्यमन्त्री लामाको तर्फबाट उनका प्रमुख स्वकीय सचिव छत्र लामाले आज सोमबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजीनामा पत्र बुझाएका हुन्। लामाको राजीनामा पत्र प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई हस्तान्तरण गरिएको हो। यससँगै बागमती...
दामन–पालुङ क्षेत्रको पर्यटन फेरि तंग्रिँदै
हेटौंडा– हेटौंडा काठमाडौं जोड्ने प्रमुख राजमार्गको छेउमा पर्ने यो क्षेत्र कुनै समय पर्यटकको घुइँचोले थेगिनसक्नु हुन्थ्यो । तर पछिल्लो केही वर्ष कोरोनाको महामारी, वैकल्पिक सडक मार्गको प्रयोग र अन्य विविध कारणले गर्दा पर्यटक आगमनमा कमी आएको थियो । पछिल्लो समय भने दामन–पालुङ क्षेत्र पुनः पर्यटकको रोजाइमा पर्न थालेको छ...
काटँघाट महादेव मन्दिरमा भक्तजनको घुइँचो
बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत पर्ने चारकोसे झाडीको मध्यभागमा अवस्थित काँटघाँट महादेव मन्दिर ९सहजनाथ महादेव० मा साउन महिनामा विशेष मेला लाग्ने गरेको छ । दुई सय वर्ष पुरानो इतिहास बोकेको यो मन्दिर प्रमुख शिवालयहरूमध्ये एक हो । यहाँ प्रत्येक बर्षको साउन महिनाभर मेला लाग्ने गरेको छ...
मुख्यमन्त्रीको राजीनामा, देउवाको आग्रहअनुसार मार्ग प्रशस्त गरेको लामाको भनाई
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्दै आज पत्रकार सम्मेलनमार्फत राजीनामा दिने घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा मुख्यमन्त्रीले प्रदेश सरकारको नेतृत्वमा रहँदा गरिएको कार्यको विवरण प्रस्तुत गर्दै बागमती प्रदेशको समृद्धिको यात्रामा आफूले खेलेको भूमिका र जिम्मेवारीबारे जानकारी गराएका छन् । लामाले मन्त्रिपरिषद्...
‘सफा राजनीति गरें, तर दबाबमा राजीनामा दिनुपर्यो’ – मुख्यमन्त्री लामा
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफुलाई राजिनामा दिन दबाब दिएको बताएका छन् । उनले आज पत्रकार सम्मोलन मार्फत आफ्नो राजिनामा दिएको घोषणा गर्दै यस्तो बताएका हुन् । आफु माथि आफ्नै पार्टीबाट असहयोग भएको बताएका छन् । इमान्दारिता पूर्वक काम गरे, मेरो निष्ठा, सरलता र सफेद कार्यसंपादनमा...
मुख्यमन्त्री लामाले आज राजीनामा दिदैं
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार हेटौंडा आएर पदबाट राजीनामा दिने तयारी गरेका छन्। मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भए पनि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा काठमाडौंमा उपचाररत भएकाले प्रक्रिया केही ढिला हुन सक्ने देखिएको छ। प्रदेश प्रमुख देवकोटा हेटौंडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ।...










