मधेस प्रदेशमा संरक्षण पोखरीको महत्व (तस्बिरहरु)
काठमाडौं । लामो समयसम्म वर्षा नभएर सुख्खा बनेको मधेस प्रदेशमा अहिले संरक्षण पोखरीहरुको महत्व बढेको छ । विशेष गरेर चुरे क्षेत्रका संरक्षित प्राकृतिक तालतलैया र बायो इन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गर्ने गरिएका स्थानका पानीका स्रोतहरुमा स्थानीयहरुको ध्यान केन्द्रित हुन थालेको छ । मधेस प्रदेशमा चुरे क्षेत्रका प्राकृतिक र कृत्रिम सानाठूला गरी दुई सय बढी संरक्षण पोखरी निर्माण भएका छन् । नेपालभरको चुरे क्षेत्रमा कति यस्ता पोखरी छन् भन्ने यकिन तथ्यांक भने छैन ।
भूमिगत पानीको सतह घट्दै गएपछि त्यसको परिपूर्ति गर्न राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले र अन्य पर्यावरण संरक्षणमा लागेका संघसंस्थाहरुसँग मिलेर चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण।गर्दै आएका छन् । अत्याधिक चुरे दोहनको साथै जलवायु परिवर्तनको असर मुख्य रुपमा पानीमा देखिएकाले भविष्यमा तराईका जिल्लामा पानीइको चरम अभाव हुन नदिन चुरे क्षेत्रमा जल पुनर्भरण पोखरी निर्माण गरिएको हो ।
प्रश्तुत छ मधेस प्रदेश अन्तर्गत महोत्तरीमा रहेका केही प्राकृतिक र कृत्रिम पोखरीका तस्बिरहरुः
१. महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर ३ स्थित जरायोझोरा सामुदायिक बनमा निर्माण भएको संरक्षण तथा पुनर्भरण पोखरी
२.जरायो झोडास्थित चरिचरणबाट जोगाएर राखिएको प्राकृतिक पोखरी
३. संरक्षण पोखरीको पानी घरयासी प्रयोजनका लागि(पशुचौपाय तथा करेशाबारीमा सिंचाई) प्रयोग गरिएको
४.महोत्तरी जिल्लाको बर्दिबासमा रातुखोलाको भूमिगत जल स्रोतलाई सिंचाईको रुपमा प्रयोग गर्न बनाईएको कुलो
५.जरायोझोडामा संरक्षण पोखरीबाट सोलार सिस्टम प्रयोग गरी सिंचाईका लागि पानी निकालिँदै
६. जरायोझोडामा संरक्षण पोखरीबाट पानी निकाल्ने मेसिन प्रयोगका लागि बनाईएको सोलार प्रणाली
७. बर्दिबास नगरपालिका वडानम्बर ३, कालापानीमा सौर्य उर्जा प्रविधिबाट मुहानको पानी ल्याएर ट्यांकीमा संकलन गरिएको
८. संरक्षण पोखरीबाट सिंचाईका लागि पानी लैजान प्रयोग गरिएको मेसिन
९. बायोइन्जिनियरिङ पद्धतिबाट वर्षामा बगेर जाने पानी संरक्षण गरिँदै
१०. रातुखोला क्षतिग्रस्त भूमि पुनरोत्थान फलफूल रोपन बगर खेती, भंगाहा नपा–६ , संग्रामपुर, पर्सा, महोत्तरीमा निर्माण गरिएको बोरिङको पानी पिउँदै स्थानीय
११. स्थानीयले माटोको भाडोमा परम्परागत रुपमा पानी सञ्चय गरेर राखिएको
१२.भूक्षय रोक्न तथा पानी मूहान संरक्षणका लागि बनाईएको संरचना
१३. जमिन मुनिको सतहबाट सिपेच भएर आएको रातुखोलाको पानीलाई संञ्चित गरि सिंचाईको रुपमा प्रयोग गरिएको
१४.धनुषा जिल्लाको मिथिला न.पा. ११, बाहुनमारामा ४ किलोमिटर टाढा बोहरे झोरास्थित मुहानबाट ल्याएको पानी संकलनका लागि बनाईएको इन्टेक . ७८ हजार लिटर क्षमता रहेको छ । १ सय २८ घरधुरी यसबाट लाभान्वित छन् ।
१५. संरक्षण पोखरी


























