पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले पार्टी सदस्यताबाट हटायो

संवाददाता
२०८२ श्रावण ८, बुधबार ०९:५३

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय हुन रोक लगाएको छ ।

पार्टीले संविधानका विभिन्न धाराहरू उद्धृत गर्दै राष्ट्राध्यक्ष पदबाट सेवा निवृत्त भइसकेपछि पनि पूर्वराष्ट्रपतिले कुनै राजनीतिक दलमा संलग्न हुनु उपयुक्त नहुने ठहर गरेको छ।

उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, र स्थायी कमिटी सदस्य कर्ण थापाले भने पार्टीको निर्णयप्रति असहमति जनाएका छन्। उनीहरूले पूर्वराष्ट्रपतिलाई राजनीतिक अधिकारबाट वञ्चित गर्नु ‘जनताको बहुदलीय जनवाद’ ९जबज० को सिद्धान्त विरुद्ध भएको बताएका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*