सरकारले भ्रष्टाचार गर्न टेण्डर पाए जस्तो व्यवहार गरिरहेको छः अध्यक्ष लिङदेन

संवाददाता
२०८२ श्रावण ८, बुधबार १४:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस–एमालेको संयुक्त सरकारले भ्रष्टाचार गर्न टेण्डर पाएको जस्तो व्यवहार गरिरहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गर्नुभएको हो । अहिले कुन मन्त्रीले भ्रष्टाचार गरेर कति कमाउने भन्ने प्रतिष्पर्धा भइरहेको उहाँको भनाइ छ । उहाँले वर्तमान सरकारका एकदुई जना नभएर दर्जनबढी मन्त्रीहरुमाथि छानविन गर्नुपर्ने पनि बताउनु भयो । उहाँले पछिल्लो समय भ्रष्टाचार नभएको ठाउँ खोज्न जटिल हुँदै गएको बताउनु भयो । उहाँले केही कर्मचारीलाई कारबाही गरेर मात्र भ्रष्टाचार नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै राजनीतिक नेतृत्वलाई नै छानबिनको दायरामा ल्याउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भिजिट भिसा प्रकरणमा दुई विपक्षी दलहरु आन्दोलनमा रहँदा समेत सरकार गम्भीर नभएको भन्दै संवादका लागि अग्रसर हुन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*