मधेसमा पानी नभए घर छोड्दा समेत सरकार जिम्मेवार भएनः सांसद कंशाकार

संवाददाता
२०८२ श्रावण ८, बुधबार १३:४४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंशाकारले मधेसमा खानेपानीको अभावका कारण स्थानीय बासिन्दा घर छोड्न बाध्य हुँदा पनि सरकार गैरजिम्मेवार भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद कंशाकारले पानीको हाहाकार भएको बारा, पर्सा र महोत्तरी जानुपर्ने मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आपत्ति जनाउनुभएको हो । भिजिट भिसामार्फत भइरहेको संगठित मानव तस्करीविरुद्ध आफूहरु ४८ दिनदेखि आवाज उठाइरहेको भएपनि सरकारले नजरअन्दाज गरेको उहाँको भनाइ छ । भिजिट भिसा दुरुपयोगको अनुसन्धानका लागि संसदीय छानविन विशेष समिति वा उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने उहाँको माग छ ।

उहाँले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानविन गर्न संसदीय समिति नबनेसम्म आन्दोलन जारी रहने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*