कृषि ‘राहत’मा सीमित भएको सांसद बास्कोटाको कटाक्ष ,मल पनि भूकम्प राहतझैँ बाँडिन्छ

संवाददाता
२०८२ असार २३, सोमबार १५:०३

काठमाडौं । संसदमा बोल्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारको कृषि नीतिमा गम्भीर प्रश्न उठाएका छन्। असार महिनासँगै मल अभावको पुरानै समस्या फेरि दोहोरिएपछि उनले किसानलाई ‘भूकम्प राहतझैँ’ मल वितरण गरेर कृषि उत्पादन वृद्धि सम्भव नरहेको टिप्पणी गरेका हुन्।

बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोलेका थिए। उनले भने, “कृषि मन्त्री म यही छु भनेर देखिनुहोला, तर असार लागेपछि मल र मन्त्री दुवै हराउने परम्परा दोहोरिएको छ।”

सरकारले मललाई राहतको शैलीमा सीमित राखेर दीर्घकालीन समाधान खोज्न छाडेको उनले बताए । १० केजी मल बाँडेर उत्पादन वृद्धि हुन्छ भन्ने सोच नहोस्,”भन्दैं उनले संसदमा चेतावनी दिँएका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*