आज प्रतिनिधिसभामा स्पेन भ्रमणबारे जानकारी दिदैं प्रधानमन्त्री ओली

संवाददाता
२०८२ असार २३, सोमबार ०८:५९

काठमाडौं । आज प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएको छ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*