रसुवागढी सुक्खा बन्दरगाहमा बाढीले सयभन्दा बढी मालवाहक सवारी बगाएको आशंका

संवाददाता
२०८२ असार २४, मंगलवार १२:१४

काठमाडौं । रसुवागढी भन्सार नजिकको निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा आएको आकस्मिक बाढीले प्रारम्भिक अनुमानअनुसार सयभन्दा बढी मालवस्तु बोकेका गाडी बगेको आशंका गरिएको छ।

नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, बाढीले सवारी साधनमात्र हैन, आयात हुँदै गरेको अर्बौं रुपैयाँ बराबरको सामग्री पनि नष्ट हुन सक्ने जोखिम छ।

यार्डमा करिब २३० सवारी साधन पार्किङ गरिएका थिए, जसमध्ये केहीलाई राति नै सुरक्षित स्थानमा सार्न सकिएको भए पनि धेरैजसो गाडी क्षतिग्रस्त भएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले बाढीले खासगरी आयातित गाडी तथा अटोमोबाइल पार्टपूर्जामा ठूलो असर पारेको जानकारी दिएका छन् ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*