यूएईमा नेपाली श्रमिकको लागि न्यूनतम तलब मापदण्ड लागू

संवाददाता
२०८२ असार १३, शुक्रबार १२:१७

काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) मा रोजगारीका लागि जाने नेपाली श्रमिकले न्यूनतम पारिश्रमिकको ग्यारेन्टी पाउने भएका छन्। आवुधाबीस्थित नेपाली दूतावासले सार्वजनिक गरेको नयाँ तलब मापदण्ड अनुसार दूतावासले तय गरिएको स्केलभन्दा कम तलबमा मागपत्र प्रमाणिकरण नगर्ने भएको छ।

दूतावासका अनुसार अदक्ष श्रमिकले मासिक न्यूनतम तलब एक हजार दिराम र खाना खर्च चार सय दिराम गरेर कम्तीमा १४ सय दिराम पाउनुपर्नेछ । त्यस्तै अर्धदक्ष कामदारले मासिक न्यूनतम तलब १२ सय दिराम र खाना खर्च चार सय दिराम गरेर कम्तीमा १६ सय दिराम पाउनुपर्छ । दक्ष कामदारले मासिक न्यूनतम तलब १५ सय दिराम र खाना खर्च चार सय दिराम गरेर कम्तीमा १९ सय दिराम पाउनुपर्छ । उच्च दक्षता भएका श्रमिकको हकमा न्यूनतम छ हजार दिराम तलब र खाना खर्च चार सय गरी कम्तीमा छ हजार चार सय दिराम हुनुपर्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा सरकारले गत महिना यूएई जाने श्रमिकको न्यूनतम तलब एक हजार दिराम हुनुपर्ने निर्णय गरिसकेको थियो। अहिले दूतावासले त्यसलाई अझ विस्तृत बनाउँदै सीपको आधारमा पारिश्रमिकको तह निर्धारण गरेको हो।

Minimum Wages_2025-06-25_6pz73gv (1)

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*