बीपी राजमार्ग १५ दिनका लागि राति बन्द
काठमाडौं । बर्खायाममा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग आगामी १५ दिनका लागि रातिको समयमा बन्द गरिने भएको छ। शुक्रबारदेखि राजमार्ग साँझ ६:३० बजे देखि बिहान ५:०० बजेसम्म सबै सवारी साधनको आवागमन रोकिनेछ।
काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। बैठकले असोज महिनामा आएको बाढीपहिरोबाट राजमार्गमा भएको क्षति र आगामी जोखिमलाई मूल्यांकन गर्दै रातिको समयमा सवारी साधनको आवागमन रोक लगाएको हो।
काठमाडौंबाट बाहिरिने सवारीका लागि काभ्रेपासको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ जाने सवारीहरूलाई सिन्धुलीको खुर्कोटमा रोकिने जनाएको छ ।











