दैलेखमा ग्यास फेला परेकोमा प्रधानमन्त्री ओलीद्धारा खुसी व्यक्त

संवाददाता
२०८२ असार ६, शुक्रबार १४:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यकालका दौरान सुरु गरिएको पेट्रोलियम अन्वेषण अभियानको ठोस परिणाम दैलेखमा देखिएकोमा खुसी व्यक्त गर्नुभएको छ । हालै दैलेखमा ११२ अर्ब घनमिटर ग्यासको भण्डारण फेला परेको खबर सार्वजनिक भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नु हुदैं दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको उल्लेख गर्नु भएको छ । समर्थन र विरोधका आवाज थरिथरिका उल्लेख गदैं ११२ अर्ब घनमिटर ग्यास फेला परेको खबरले ती चुनौतीपूर्ण दिनहरू सम्झाएको बताएका छन् ।

उहाँले भन्नु भयो ,दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए”, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, “११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो ।”

यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*