रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

संवाददाता
२०८२ असार ३, मंगलवार १८:०५

काठमाडौँ । तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटीमा छाडन आदेश गरेका हो ।उनी राप्रपाका वरिष्ठ उपाध्यक्ष हुन् ।

मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएका थिए ।

यसअघि राप्रपाका महामन्त्री धवल शमशेर राणालाई पनि काठमाडौँ जिल्ला अदातले तीन लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*