बागमती प्रदेशको बजेट सार्वजनिकमा ढिलाइ
हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न तय गरिएको समयभन्दा ढिलाइ भएको छ। आइतबार साँझ ६:३० बजे प्रदेश सभामा बजेट पेश गर्ने भनिए पनि अन्तिम समयमा मन्त्रिपरिषद् बैठक सारिएपछि बजेट आउन ढिलाइ भएको हो ।
सरकारले बजेट स्वीकृत गर्ने उद्देश्यले बोलाएको मन्त्रिपरिषद् बैठक झन्डै दुई घण्टा पर सारेर साँझ ८ बजे मात्र बस्ने तय भएको छ। बैठक सम्पन्न भएपछि मात्रै प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गरिनेछ।











