बागमती प्रदेशमा ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट सार्वजनिक

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट ल्याएको छ ।
संवाददाता
२०८२ असार २, सोमबार ००:३३

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा ५ प्रतिशत बजेट वृद्धि गरेको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ २६ अर्ब ४ करोड ४६ लाख रुपैयाँ (३८.६ प्रतिशत) र पूँजीगत तर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ (६१.४ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोत तर्फ कर राजस्वबाट २८ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ, अन्य ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ अनुमान गरिएको छ । त्यसै गरि सघिय वितिय हस्तान्तरणबाट ४१ अर्व ८१ करोड ९३ लाख र चालू आर्थिक बर्षको अनुमानित संचित कोषको बजेर र विविध प्राप्तिबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार विनियोजन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*