मधेश प्रदेशमा ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट
काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभाको बैठकमा सो बराबरको बजेट घोषणा गरेका हुन् ।
प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आइतबार प्रदेशसभामा प्रस्तुत बजेटमा पुँजीगत खर्चलाई प्राथमिकता दिइएको बताएका छन् । कुल बजेटमध्ये ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ। उक्त बजेटले पूर्वाधार, कृषि, शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा प्रदेशको ध्यान केन्द्रित गरेको छ ।
चालु खर्चतर्फ भने १६ अर्ब ७२ करोड ५ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ। आन्तरिक राजस्व ९ अर्ब ५० करोड ८३ लाख विनियोजन गरिएको छ। त्यसै गरि वित्तीय समानीकरण अनुदान ७ अर्ब ७२ करोड १९ लाख ,सशर्त अनुदान ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदान ३९ करोड ४५ लाख र मपूरक अनुदानमा ३५ करोड ८२ लाख विनियोजन गरिएको छ।










